‘उत्पादनसँग सवै जोडिनुपर्छ’

अर्घाखाँची । सहकारी आर्थिक विकासको प्रमुख मेरुदण्ड भएकोले अब नेतादेखि कार्यकर्ता जनतादेखि जनप्रतिनिधि सबै उत्पादनमा जोडिनुपर्ने प्रदेशसभा सदस्य चेतनारायण आचार्यले बताए । प्रदेश–५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको कोष परिचालन तथा व्यावसायिक सहकारी विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आचार्यले प्रदेश सरकारले समृद्ध प्रदेश सुखी नेपालीको नारा अगाडि बढाएको र जनताको माग र आवश्यकताको आधारमा विकास निमार्णका गतिबिधिहरूलाई तीव्र गतिमा आगाडि बढाएको बताए । उनले सहकारी आर्थिक समृद्धिको प्रमुख आधार भएको भन्दै सहकारीको पुँजी सही ठाउँमा परिचालन गरी आमजनताको आर्थिक जीवनस्तर उकास्नुपर्ने बताए । पुँजीलाई गलत ठाउँमा प्रयोग गर्न नहुने भन्दै पुँजीलाई उत्पादनमा जोडनुपर्नेमा जोड दिए ।

उनले प्रदेश सरकारले कृषिमा प्रर्याप्त बजेट विनियोजन गरेको र प्रदेश सरकारले ब्याज तिर्ने गरी सहुलियत दरमा ऋण दिने नीति बनाएको भन्दै आचार्यले अब कृषिलाई आधुनिकीकरण र व्यावसायिक तबरले परिणाम देखिने गरी कृषि पेसालाई अगाडि बढाउन कृषकहरूलाई आग्रह गरेका थिए ।

अन्तर्क्रिया  कार्यक्रममा प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले अनुदानलाई सही तरिकाले प्रयोग गर्दै सबै किसान परिणाममुखि काममा लाग्नुपर्ने बताइन् । उनले अब सहकारीमार्फत जनतालाई उत्पादनमा लगाई जीवनस्तरलाई आर्थिक रूपले उकास्नुपर्ने बताइन् ।

सहकारीको आर्थिक विकासमा महत्वपूर्ण भूमिका भएकोले अबका दिनमा यसलाई अझ प्रभावकारी हिसाबले अगाडि बढाई कृषकलाई धेरैभन्दा धेरै लाभान्वित गराउनुपर्ने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख दिनेशकुमार मिश्रले बताए । उक्त अन्तत्र्रिmयामा जिल्लाका प्रमुख, सहकारीका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया