सुर्खेत । सांसद रेग्मीले भ्रष्टाचार र अनियमितताको विरुद्ध नयाँ पुस्ताहरूले प्रश्न कम उठाउनु दुःखद् भएको बताएका छन् ।
शनिबार सुर्खेतमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘सबै निकायमा भ्रष्टाचार गर्ने मान्छे भए, तर त्यसको प्रतिकार गर्ने मान्छे कम भए’, उनले भने । हाम्रो समाजले प्रश्न गर्न त गर्छ तर अप्रर्याप्त भएको सांसद रेग्मीको गुनासो छ । कर्णालीमा अहिलेसम्म प्रर्याप्त मात्रामा भ्रष्टाचार विरोधी जमात बन्न नसकेको उनले दाबी गरे । आपूm सत्तापक्षको सांसद भएको नाताले सत्तापक्ष भनेको निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
असारे विकासको बेथिति दैलेखमा पनि कम हुन नसकेको उनकोे भनाइ थियो । उनले दैलेखमा जम्मा ९० वटा वडा रहेकोमा गत वर्ष ९९ वटा डोजर रहेको तथ्यांक रहेको तर अहिले १ सय ५० भन्दा बढी डोजर रहेकोमा आपत्ति जनाएका छन् । ‘डोजर काण्डले स्थानीय तहमा प्रर्याप्त कमिसनतन्त्र रहेको छ, डोजर चालक नै इन्जिनियर हुन्छन् अनि जनप्रतिनिधिहरू डोजर मालिक अनि कसरी भ्रष्टाचार हुँदैन ?’ उनले प्रश्न गरे ।
जनप्रतिनिधीहरूले व्यवसाय (ठेक्का) र राजनीति दुवै गर्नुले बेतिथि मौलाएको सांसद रेग्मीको भनाइ रहेको छ । सांसद रेग्मीले कर्णाली प्रदेशको अधिकांश बजेट गोष्ठी र सेमिनारमै सकिएको बताएका छन् । ‘माछापालनसम्बन्धी होटेलमा गोष्ठी, ओखरको विरुवा बाँड्न सेमिनार गरेर हुन्छ ?, पर्चा पम्पलेटको फोटो खिचेर बजेट दुरुपयोग हुन्छ’, उनले गाउँगाउँमा आएको सिंहदरबारसँगै कमिसन खाने भ्रष्टाचारीहरू पनि आएको गुनासो व्यक्त गरे । आपूmले आगामी बजेटमा गोष्ठीवाला बजेटका कार्यक्रम घटाउनुपर्ने प्रयास प्रदेशसभा बैठकमा राखेको बताए । खरिद नियमावली परम्परागत भएकोले विकासका गतिविधि असारमै धकेलिने समस्या रहेको उनको भनाइरहेको छ ।
उक्त कार्यक्रममा बोल्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक तथा अधिवक्ता कमलराज लम्सालले असारे विकासको बेथितिमा मुख्य दोषी राजनीतिक दल नै भएको आरोप लगाए । प्रश्न गर्ने जनताको चाहाना भए पनि एथेष्ट ठाउँ नभएको बताए । जनप्रतिनिधिहरूलाई जिम्मेवार बन्नुहोस् भन्नुपर्ने बाध्यता रहेको गुनासो गरे । असारे विकासलाई रोक्न अब प्रदेश सरकारले गफ लगाउनुभन्दा पनि नीति निर्माण गर्नु जरुरी रहेको भन्दै सामाजिक अभियन्ता हरि उपाध्यायले युवाहरू संगठित भएर असारे विकासविरुद्ध लाग्नुपर्ने बताए ।
दैलेख
प्रतिक्रिया