प्रदेशमन्त्री लामालाई पत्नी शोक

भरतपुर । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ । उनकी धर्मपत्नी ५८ वर्षीया कान्छिमाया लामाको आज बिहान ४ः०० बजे हेटौँडामा निधन भएको छ ।

उनि कलेजोको क्यान्सरबाट पीडित थिइन् । गत मङ्सिरमा क्यान्सर रोग भएको पत्ता लागेको थियो । उनको शव चितवनको भण्डारास्थित आफ्नै घरमा ल्याइएको छ । आजै बौद्ध परम्पराअनुसार अन्त्येष्टी गरिने मन्त्री लामाका स्वकिय सचिव सुरज थपलियाले जानकारी दिए ।

प्रतिक्रिया