मावि स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

दैलेख ।  दुल्लु नगरपालिकाको पोषण योजना र सुनौला हजार दिनका आमा सम्बन्धि अन्तर मावि स्तरिय हाजिरि जवाफ प्रतियोगिता दुल्लुमा सम्पन्न भएको छ । दुल्लु नगरपालिकाको आयोजनामा शुक्रबार दुल्लुमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा दुल्लु नगरपालिका भित्र रहेका १० वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा धुलेश्वर मावि चगत्रा प्रथम, भानेश्वर मावि नाउले दृतिय,नेरा मावि लेखालगाउँ तृतिय र भानु मावि तोरया सान्तवना भएका छन् ।

कार्यक्रमलाई सफल पार्नको लागि पोषण तथा खाध्यसुरक्षा , युरोपियन युनियन, युनिसेफ ले सहयोग गरेको छ । दुल्लु नगरपालिकाले बिद्यार्थीको क्षेमता विकासको लागि बक्तीत्वकला प्रतियोगिता, हाजिरी जवाफ जस्ता क्रियाकलापमा निरन्तर रुपमा गर्दै आइरहेको छ ।

यसै क्रममा शुक्रबार भएको कार्यक्रम स्वास्थ सम्वन्धि प्रश्नहरु सोधिएको थियो । पोषणको कमिले हजारदिनका आमा तथा आमा बाट जन्मीने शिशहरुमा कुपोसित हुन नदिने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमा नगरपालिकाका कार्यबाहाक नगरप्रमुख लाल बहादुर रावत दुल्लु नगरपालिकाका शाखा अधिकृत तथा बहुक्षेत्रिय पोषण योजनाका फोकल पर्सन समसेर बहादुर शाही लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया