ओम अस्पताल र जनता बैंकबीच साझेदारी

काठमाडौं । चावहिलमा रहेको ओम अस्पताल तथा रिसर्च सेन्टर र काठमाडौं थापाथलीस्थित जनता बैंक लिमिटेडले ग्राहक तथा कर्मचारीलाई उपचारमा सहुलियत सुबिधाकालागि साझेदारी गरेका छन् । ओम अस्पताल र जनता बैंकबीच भएको सहमति अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले डाक्टरसँगको कन्सल्टेशन ,औषधिको बिल, डिस्पोजेवल, प्रत्यारोपण सामग्री र बिशेष प्याकेजहरु बाहेकका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

साझेदारी सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारीहरुले जनता बैंकको भिसा डेबिट कार्ड स्वाइप गरेर पनि उपलब्ध अफरको लाभ लिन सक्ने अस्पतालले जनाएको छ । ‘वी केयर फर यु’ नारा सहित स्वास्थ्य उपचार सेवामा लामो समयदेखी ओम अस्पताल तथा रिसर्च सेन्टरले सुलभ मुल्यमा स्तरिय उपचारसेवा प्रदान गर्दै आइरहेको छ ।

साझेदारी सम्झौतापत्रमा ओम अस्पतालका प्रबन्ध संचालक बाबुकाजि कार्की तथा संचालक समिति सदस्य तथा जनसम्पर्क निर्देशक हरी प्रसाद पाठकले तथा जनता बैंकका प्रबन्धकहरु सुरेश गौतम र महेन्द्र खतिवडाले हस्ताक्षर गरे ।

प्रतिक्रिया