कामना बैंकद्धारा सिद्धाश्रमलाई सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगतलेखनाथ, किंमबेसी स्थित गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि १ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

कामना सेवा विकास बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहका बीच सो सहयोग हस्तान्तरण गर्नु गरे । काठमाडौं ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया