भारतमा १४ वर्षीया नेपाली बालिकालाई बलात्कार गर्ने पक्राउ

काठमाडौँ । भारतको नयाँ दिल्लीमा एक १४ वर्षीया नेपाली बालिकामाथि बलात्कार भएको छ । नेपाली बालिकालाई बलात्कार गर्ने ३३ वर्षीय पंकज सिंह पक्राउ परेका हुन् । आरोपी पंकजका बुबा दिल्ली प्रहरीमा कार्यरत भएको बताइएको छ ।

पंकजले डोटी जिल्ला साहिल गाविस वडा न. ४ की १४ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेका थिए । किशोरी आफ्ना बुबा श्याम बहादुर नेपाली (नाम परिवतन) सँग दिल्लीमा बस्दै आएकी थिइन् ।

उनलाई आफ्नै बुबाको मालिकका छोराले बलात्कार गरेका थिए । मेडिकल जँच रिपोर्टमा पनि पंकजले नै बलात्कार गरेको प्रमाण फेला परेको  सिता अधिकारीले जानकारी दिइन् ।

पंकज दिल्ली प्रहरीका नायव निरीक्षकका छोरा भएकोले दोषीलाई बचाउन लागिपरेको र नेपाली दूतावास, भारतको विदेश मन्त्रालय, भारतीय गृह मन्त्रालय, नेपाली जन सम्पर्क समितिको सहयोगमा दोषीलाई ३ दिनपछि पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया