पाकिस्तानलाई पानीको भय

एजेन्सी, लन्डन । आइसिसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत मंगबार भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै भारत सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । बंगलादेश भने प्रतियोगिताबाट बाहिरिने तेस्रो एसियाली देश भएको छ । यस अघि अफगानिस्तान र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका थिए ।

बुधबार हुने खेलमा सेमिफाइनल पुग्ने तेस्रो टिमको पनि तय हुनेछ, जुन खेलमा न्यूजिल्यान्ड र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । जसले जित्छ अन्तिम चारमा उसको स्थान पक्का हुन्छ । तर सेमिफाइनलको चौथो टिम को हुन्छ त ? यसको निर्णय बिहीबार हुने पाकिस्तान र बंगलादेशबीच हुने खेलले तय गर्नेछ । बंगलादेश त बाहिरिइसकेको छ तर पाकिस्तानसँग मौका अझै बाँकी छ ।

तर नकआउट चरणमा पुग्न पाकिस्तानलाई बुधबार हुने न्यूजिल्यान्ड–इंग्ल्यान्डबीचको खेलले निर्भर गर्दछ । यो खेल न्यूजिल्यान्ड र इंग्ल्यान्ड दुवैका लागि महत्वपूर्ण छ । यो खेलमा हार्नेले पाकिस्तानको खेलमा निर्भर हुनुपर्नेछ । अंक तालिकामा न्यूजिल्यान्ड ११ अंकसँगै तेस्रो स्थानमा छ भने इंग्ल्यान्ड १० अंकका साथ चौथो स्थानमा छ ।

बुधबारको खेलमा जो जित्छ, ऊ सेमिफाइनलमा पुग्ने तेस्रो टिम बन्नेछ । तर पाकिस्तान बुधबारको खेल न्यूजिल्यान्डले नै जितोस् भन्ने चाहन्छ किनकि न्यूजिल्यान्डले जित्दा इंग्ल्याण्डको १० नै अंक रहन्छ र बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्न उसलाई सहज हुन्छ । बंगलादेशलाई पराजित गर्दा पाकिस्तानको ११ अंक हुन्छ । यदि बुधबारको खेलमा इंग्ल्यान्ड विजयी हुँदा न्यूजिल्यान्डको ११ नै अंक रहन्छ र पाकिस्तानलाई निकै महंगो साबित हुन्छ ।

सेमिफाइनलमा पुग्न बंगलादेशलाई निकै ठूलो अन्तरले हराएर नेट रनरेटमा सुधार गर्नुपर्ने हुन्छ । अहिले पाकिस्तानको नेट रनरेट ०.७९२ छ भने न्यूजिल्यान्डको ०.५७२ छ अर्थात् अन्तर एकभन्दा बढी छ । यो अन्तर हटाउन पाकिस्तानलाई निकै ठूलो जितको आवश्यकता हुन्छ । नेट रनरेटकै कुरा गर्दा इंग्ल्यान्डको १ नेट रनरेट छ अर्थात् सबैभन्दा फाइदाको स्थितिमा छ ।

प्रतिक्रिया