काठमाडौँ । प्रेमिकासँगै नयाँ बसपार्कस्थित शुभकलश गेस्ट हाउसमा बसेका काभ्रेका युवक मृत फेला परेका छन् । गत असार ११ गते युएईबाट नेपाल फर्किएका २६ वर्षीय प्रमोद गुरुङ नाम गरेका युवक उक्त गेस्ट हाउसमा बुधबार विहान मृत फेला परेका हुन् ।
युएईबाट आएखि नै म्याग्दी घर भएकी प्रेमिकासँग उक्त होटलमा बस्दै आएका गुरुङ बुधबार विहान मृत फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । आज विहान गुरुङकी प्रेमिकाले होटलको रिसेप्सनमा आएर उनको मृत्यु भएको जानकारी दिएको प्रहरीले जनाएको छ ।
उनीहरु बसेको कोठामा दुईवटा वियर, गाँजा र यौनबद्र्धक औषधिसमेत फेला परेको प्रवक्ता बोगटीले जानकारी दिए ।मृतक गुरुङको शव त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ चिकित्सकले होटलमै आई जाँच गरिरहेको छ । जाँचपछि मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ ।
मृतक गुरुङ र युवती दुबै जना अविवाहित हुन् । उनीहरु ११ गतेदेखि १४ गतेसम्म सोही होटलमा बसेको र त्यसपछि नगरकोट घुम्न गएर मंगलबार पुनः सोही होटलमा आएर बसेको जनाइएको छ ।
प्रतिक्रिया