पुनको ‘शिरमा फुल माया’ सार्वजनिक

काठमाडौं । ‘फुल्यो बामरी, म भोली गइहाल्छु बसे राम्ररी’ गीतबाट दर्शक स्रोतामाझ चिनिएका गायक कुमार पुनले नयाँ गीत ‘सालैजो शिरमा फुल माया’ ल्याएका छन् ।

गीतमा गायक पुनको शब्द तथा संगीत रहेको छ । त्यस्तै, गायक पुन, गायिका जमुना राना र कुमारी चेपाङको संयुक्त आवाजमा रहेको उक्त गीतको सागर विरहीले एरेन्ज गरेका छन् । स्थायी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो मनोज गुरुङको निर्देशन, छायांकन तथा सम्पादनमा निर्माण गरिएको हो ।

भिडियोमा बद्री केसी, दीपक थापा, एञ्जी रोका र सोफिया बुढा लगायतका कलाकारको अभिनय छ । गीतको रेकर्ड सकिएपछि कार्यक्रमको सिलसिलामा युके हानिएका गायक पुनले भिडियो पनि युकेकै रमणीय स्थलमा छायांकन गरिएको जानकारी दिए ।

युकेमा रहेका आफन्तलगायत विभिन्न व्यक्तिबाट भिडियो निर्माणमा सघाउ पुगेको उनले जानकारी दिए । पुरानो मौलिक लोकसंस्कृति तथा गाउँघरमा गुञ्जिने सालैजो भाकालाई देशदेखि विदेशसम्म पहिचानका रूपमा चिनाउनका लागि युकेमा भिडियो छायांकन गरेर बजारमा ल्याएको गायक पुनले जिकिर गरे ।

प्रतिक्रिया