अमेरिका जाने विद्यार्थीले ५१० डलर तिरे पुग्ने

काठमाडौं । अमेरिकाले नेपाली विद्यार्थीबाट भिसा जारी गरे बापत लिँदै आएको शुल्क नलिने निर्णय गरेको छ । जुलाई १ देखि नेपाली विद्यार्थीबाट भिसा जारी गरे बापत लिँदै आएको २०० अमेरिकी डलर नलिने निर्णय गरेको हो ।

नेपाल र अमेरिकाबीच भएको भिसा पारस्परिक सम्झौताअनुसार अमेरिकाले यस्तो निर्णय गरेको हो । यसअघि आवेदन शुल्क १६०, भिसा पारस्परिकता इस्युएन्स शुल्क २०० र सेभिस शुल्क ३५० गरी कूल ७१० डलर तिर्नुपर्थ्यो । जुन २४ देखि जुन ३० सम्म विद्यार्थी भिसा लिने विद्यार्थीहरुले सो बमोजिमको रकम तिरेका थिए ।

अब अमेरिका अध्ययनका लागि जाने विद्यार्थीहरुले आवेदन शुल्क १६० र सेभिस शुल्क ३५० गरी कूल ५१० मात्र तिरे पुग्ने छ । जुन २४ अघि भने तीन प्रकारका शुल्क गरी ५६० डलर तिर्नुपर्थ्यो । जसमा सेभिस शुल्क २००, आवेदन शुल्क १६० र भिसा पारस्परिकता इस्युएन्स शुल्क २०० र गरी कूल ५६० डलर तोकिएको थियो ।

प्रतिक्रिया