काठमाडौं । सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । छात्रवृत्ति आवेदन श्रावण १० सम्म दिन सकिने बैंकले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगत ७ वर्ष देखि काठमाडौ उपत्यका बाहिरका प्रत्येक शाखाहरु बाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
यो छात्रवृत्ति बंैकले काठमाडौ उपत्यकाबाहिरका सबै शाखाहरुबाट स्थायीबसोबास भएका गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई उच्च माध्यमिक तह (प्लस टु) अध्ययनका लागि दिंदै आएको छ । यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारीका लागि सानिमा बैंकको वेवसाइटमा लगईन गरेर । यस कार्यक्रम अन्तर्गत विद्यार्र्थीहरु लाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक २ हजार नगद वृत्ति सहित २ वर्षकालागि छात्रवृत्ति प्रदान गरिन्छ ।
प्रतिक्रिया