काठमाडौँ । प्रनेत्रविक्रम चन्द (बिप्लव) समूह र प्रहरीबीच दोहोरो हवाई फायरिङ हुँदा प्रहरी प्रधान कार्यलयले नेपाली सेनाको एमआई १७ हेलीकप्टरबाट थप प्रहरी टोली पठाएको छ ।
संखुवासभाको सिसुवाटारमा दोहोरो हवाई फायर भएपछि प्रहरीको २५ जनाको टोली केहीबेर संखुवासभाको सिलिचोङ गाउँपालिका १ वाङलामा गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संखुवासभाबाट खटिएका प्रहरी नायब निरीक्षक टीकाराम सुनवारको कमान्डमा रहेको ७ जनाको टोली, प्रहरी चौकी सिसुवाटारको प्रहरी जवान सहितको दुई जनाको टोली र शसस्त्र प्रहरी बलको १० जनाको टोलीले सिलिचुङ गाउँपालिका १ होयाङग्ला भन्ने स्थानमा पुगेको बेला बिप्लव समूहले हवाई फायर सुरु गरेको थियो ।
प्रतिक्रिया