पाँच स्रष्टालाई महाकवि पुरस्कार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको ‘महाकवि देवकोटा पुरस्कार’ का लागि पाँच स्रष्टाको नाम सार्वजनिक गरेको छ ।

कविता, निबन्ध, आख्यान÷नाटक, बालसाहित्य÷लोकसाहित्य र भाषा साहित्य विधाबाट एक–एक जना स्रष्टाको नाम छनोट गरिएको हो । मन्त्रालयका अनुसार कविता विधामा तेह्रथुमका विश्वविमोहन श्रेष्ठ, निबन्धमा लमजुङका देवीप्रसाद सुवेदी, आख्यानका लागि बाँकेका नयनराज पाण्डे, बालसाहित्यमा सुर्खेतका जीवेन्द्रदेव गिरी र भाषा साहित्यमा काठमाडौंका रोचक घिमिरेलाई पुरस्कृत गर्ने पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

सरकारले यो पुरस्कार विगत एक दशकदेखि नेपाली भाषा, साहित्यका क्षेत्रका विभिन्न पाँच विधामा योगदान दिने स्रष्टालाई प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया