विराटनगर । प्रदेश– १ का आन्तरिक मामिला तथा कानुुन मन्त्री हिक्मत कार्कीले सडक सुुशासन र सडक सुुरक्षाका लागि सबै जिम्मेवार हुुनुुपर्ने बताएका छन् ।
आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले विराटनगरमा शनिबार आयोजना गरेको सडक सुुशासन तथा सुुरक्षा विषयक प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले प्रहरीले मात्र सडक सुुरक्षा नहुुने भएकाले त्यसका लागि सवारी चालकले पनि ध्यान दिनुुपर्नेमा जोड दिए ।
उनले सडक संरचना, चालकको लापरवाही तथा सवारी साधनको अवस्थाका कारण ट्राफिक व्यवस्थापन चुुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे । प्रदेस सरकाले ल्याएको सडक सुुशासन र सडक सुुरक्षा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि देखिने गरी काम हुुुने उनले बताए । प्रदेश– १ का प्रमुुख सचिव सुुरेश अधिकारीले सडक सुुशासनका निम्ति ट्राफिक प्रहरीले निर्भिकतापूर्वक काम गर्नुुपर्नेमा जोड दिए ।
प्रदेश–१ का प्रहरी प्रमुुख डिआइजी ठाकुुरप्रसाद ज्ञवालीले प्रदेश सरकाले सडक सुुरक्षाकालागि श्रोत साधन उपलब्ध गराएकाले आफनो दायित्व निर्वाह गर्न प्रहरीलाई नैतिक दावाव परेको वताए । कार्यक्रममा मोरङका प्रमुुख जिल्ला अधिकारी रमेश केसीले सडक दुर्घटना न्यूनीकरण गर्न सचेतना आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश–१ का विभिन्न जिल्लाका प्रहरी प्रमुुख, यातयात व्यवस्था कार्यालयका प्रमुुखहरूको सहभागिता थियो ।
प्रदश सरकारले सडक दुुर्घटना न्यूनीकरणका लागि गतवर्षदेखि ६२ किलोमिटर सडकमा सडक सुुशासन कार्यक्रम सञ्चालन गर्दै विभिन्न पूुर्वाधारहरू निर्माण गरिरहेको छ ।
प्रतिक्रिया