एजेन्सी, लन्डन । वेस्ट इन्डिजका हार्ड हिटर क्रिस गेलले विश्वकप पछि सन्यास नलिने भएका छन् । उनले भारतविरुद्ध अगष्ट सेप्टेम्बरमा हुने सिरिजपछि मात्रै सन्यास लिने घोषणा गरेका हुन् । जारी विश्वकपमा सर्वाधिक उमेरका खेलाडीहरूमध्ये एक रहेका गेलले लिग चरणको अन्तिम खेलमा सन्यासको घोषणा गर्ने अनुमान गरिएको थियो ।
यसबारे गेलले भने ‘करियर अन्त्य गर्ने समय आएको छैन, अझै केही सिरिज खेल्न चाँहन्छु ।’ उनले भारतविरुद्धको टेस्ट र एक दिवसीय खेल्ने बताउँदै टी–२० भने नखेल्ने बताए । जारी विश्वकपमा वेस्टइन्डिज समूह चरणबाटै बाहिरिने निश्चित भएकाले पनि उनले फैसला बदलेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आंकलन गरेका छन् ।
प्रतिक्रिया