काठमाडौँ । डिएआर मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ बजारमा ल्याएको छ । गाउँघरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले सोहीअनुरुप असारे भाकासहित लोक गीत ल्याउने प्रयास गरेको सोही गीतका गायक तथा सर्जक प्रभावन जेले जानकारी दिए ।
उक्त गीतमा ९ जना लोक गायक गायिकाले आवाज दिएका छन् । पुरुषतर्फ चर्चित लोकगायकहरू नवराज घोरासाइने, उद्धव कार्की, प्रभावन जे, शरण हुँमागाईं, विवेक चौलागाईं, जीवन बडूकोलगायतको आवाज रहेको छ भने महिलातर्फ चर्चित लोकगायिका पार्वती कार्की, सपना कुवँर र मिङ्मा लामाको आवाज रहेको छ । सोही गीत बिग परिवेष रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको हो ।
गीतको शब्द तथा संगीत संयोजन प्रभावन जे, एरेञ्ज भुवन प्रकाश बडूले गरेका छन् । त्यस्तै हेरुका लामाको नृत्य निर्देशन रहेको सोही गीतको भिडियोमा कलाकार रश्मी भट्ट, योगराज दाहाल, सरोज दाहाल, विशाल ढकाल, विवेक चौलागाईं, आयुष्मा कार्की, रितु तामाङ, आर्या बस्नेत र सुजाता भट्टलगायतको अभिनय रहेको छ । अर्गज लोक गाएक मच्चेश्वर सापकोटा र सरस्वती सापकोटाको परिकल्पनामा यो गीत तयार पारिएको प्रभावनजेले जानकारि दिए ।
प्रतिक्रिया