काठमाण्डौँ । एसईई परिक्षाको नतिजा आज सार्वजनिक भएको छ । एसईई परीक्षामा अलचित्रकी नायिका करिश्मा मानन्धर यसपालीको एसईईमा ३ जीपीए नम्बर तथा ‘बी’ प्लस ग्रेडमा उत्तीर्ण भएकी छन् ।
मानन्धरले एसईईको तयारीका लागि विध्यालयमा भर्ना भएर नियमित कक्षामा भाग लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । त्यसै विद्यालयबाट उनले एसईईको तयारी गरेकी हुन् । उनले काठमाडौँस्थित डिल्ली बजारको विद्यालयबाट उनले एसईई दिएकी थिइन् ।
नायिका मानन्धरले कक्षा ७ पढ्दापढ्दै बीचैमा छोडेर चलचित्र क्षेत्रमा होमीएकी थिइन् । उनी चलचित्र क्षेत्रमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थालेपछि उनले पढाइलाई भुलेर चलचित्र क्षेत्रमा नै रमाउन थालेकी हुन् ।
यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ५० हजार २ साय ७५ परीक्षार्थी सहभागी भएकोमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।
त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८ सय ४१ जनासम्म छन् ।
प्रतिक्रिया