सिद्धार्थ बैंकद्वारा कुष्ठरोग निवारण संघ सहयोग

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कुष्ठरोग निवारण संघलाई ८० हजार ८ सय रुपैयाँ प्रदान गरेको छ । संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यको शिक्षाका लागि उपयोग गर्नेछ ।

आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउदै जाने योजना रहेको बैंकले जनाएको छ ।

बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १ हजार ३ सय भन्दा बढी पिओेएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया