टाइगर र दिशाबीच ब्रेकअप

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीबीच लामो समयदेखि चलिरहेको प्रेम सम्बन्धमा ब्रेक लागेको खबर बाहिरिएको छ । पछिल्लो समय बलिउडमा प्रेमी जोडीका रूपमा चिनिएका उनीहरूका बारे बलिउड समाचार लेख्ने पिंक भिलामा प्रकाशित समाचारका अनुसार दुवैजना समझदारी गरेरै अलग भएका हुन् ।

उक्त साइटले उनीहरूले प्रेमसम्बन्धलाई पूर्णविराम दिँदै मित्रतालाई मात्र निरन्तरता दिने निर्णयमा पुगेको जनाएको छ । यो जोडी ३ वर्षदेखि सम्बन्धमा थिए । टाइगरका बाबु अभिनेता ज्याकी श्रापले पनि उनीहरूको प्रेमलाई स्वीकार गरेका थिए ।

पछिल्लो केही सातादेखि दिशा र टाइगरको सम्बन्धमा फाटो आइरहेको उक्त साइटले उललेख गरेको छ । उनीहरू छुट्नुको पछाडि टाइगरको अभिनेत्री तारा सुतारियासँगको निटकता र दिशाको आदित्य ठाकरेसँगको बढ्दो मित्रतालाई मानिएको छ ।

पछिल्लो समय अभिनेत्री दिशा ‘मंलग’ को छायांकनमा व्यस्त छन् । त्यस्तै, अभिनेता टाइगर पनि ऋतिक रोशनसँगको एक चलचित्रमा व्यस्त छन् । समाचारमा आएका विषयमा दुवैले आफ्नो पछिल्लो सम्बन्धका बारेमा औपचारिक प्रतिक्रिया भने दिएका छैनन् ।

प्रतिक्रिया