विराटनगर । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाभित्र ९३ जनाले रोजगारी पाएका छन् ।
योग्यताको आधारमाा उनीहरूलाई सरसफाइ, वृक्षरोपण, विकास निर्माण अनुुगमनमा परिचालन गरिएको विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले बताए । विकास निर्माणको कामलाई थप प्रभावकारी बनाउनेगरी उनीहरूलाई महानगरपालिकाले परिचालन गरेको छ ।
वृक्षरोपणमा २१ जना, विकास निर्माण सर्वेक्षणमा सात जना र कर संकलन कार्यलाई प्रभावकारी बनाउन ५७ जना परिचालन गरिएको छ । कार्यक्रमका लागि एक करोड बजेट छुुट्याएको छ । पहिलो चरणमा असार मसान्तसम्मका लागि उनीहरूलाई रोजगारी दिइएको छ ।
कार्यक्रमअन्तर्गत रोजगारीका लागि महानगरपालिकामा १५ सयभन्दा बढीले निवेदन दिएका थिए । कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ आवदेखि थपलाई रोजगारी दिने महानगरपालिका प्रमुुख पराजुुलीले बताए । यसैगरी सुुनवर्सी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय ४४ जनाले रोजगारी पाएका छन् । प्रत्येक वडामा १६-१६ जनाको दरले रोजगारी दिइएको नगरप्रमुुख कालिप्रसाद दासले बताए । सो नगरपालिकामा नौ वटा वडा रहेको छ । सो नगरपालिका अधिकांश महिलाले रोजगारी पाएको नगरपालिका प्रमुुख दासले बताए ।
त्यस्तै धनपालथान गाउँपालिकामा पनि सय जनाले रोजगारी पाएका छन् । १ असारदेखि सो गाउँपालिकामा कार्यक्रम सुुरु भएको हो । विकास निर्माण, सहरको सरसफाई, पर्यटकीयस्थल तथा नहर कुुलो निर्माणमा उनीहरूलाई परिचालन गरिएको गाउँपालिका प्रमुुख हरिलाल सिंहले बताए ।
प्रतिक्रिया