मुम्बई । बलिउड अभिनेता शाहिद कपुर अभिनीत ‘कबीर सिंह’ तेलुगू चलचित्र ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो ।
तेलुगूमा विजय देवरेकोंडा र शालिनी पाण्डेले मुख्य भूमिका निर्वाह गरेका थिए जसले गर्दा चलचित्र निकै प्रभावकारी बनेको थियो । शाहिदलाई मुल चलचित्रको हरेक फ्रेममा जस्ताको तस्तै उतारिएको छ । चलचित्रलाई निर्देशक सन्दीप बांगा रेड्डीले दर्शकलाई थप स्वादिलो ढंगले प्रस्तुत गरेका छन् ।
चलचित्रको एक दृश्यमा कबीर सिंह अर्थात् शाहिद कपुरले भन्छन्, ‘जिन्दगीमा तीन घटना नै राम्रो हुन्छ– जन्मनु, प्रेममा पर्नु र मर्नु ।’ चलचित्र एक पुरुष र महिला ओछ्यानमा सुतिरहेको दृश्यबाट सुरु हुन्छ । त्यसको पछाडिबाट समुन्द्रको छालको तीव्र आवाज आउँछ । आवाजसँगै दर्शक चलचित्रका मुख्य पात्र ‘कबीर सिंह’ को तुफानी जिन्दगी सुरु हुन्छ ।
कबीर एक कलेज टपर मेडिकल सर्जन र फुटबल च्याम्पियनका रूपमा चिनिन्छन् । उनी पढाइमा निकै मेधावीमात्र होइन, हरेक क्षेत्रमा उत्तिकै अब्बल छन् । उनले कलेजको फुटबल टिमको कप्तानीसमेत सम्हालेका छन् । विविध विषयमा दख्खल राख्ने कबीर भित्रभित्रै विभिन्न समस्यासँग जुधिरहेका हुन्छन् । यसैकारण उनी निकै रिसाहा प्रकृतिका देखिन्छन् । उनी झोकी स्वभावका हुन्छन र रिस उठिरहन्छ ।
चलचित्रमा उनको नजर प्रीति अर्थात् अभिनेत्री कियारा आडवाणीमाथि पर्छ । उनी विद्रोही बन्छन् । प्रीतिले कबीरसँग मनका कुरा व्यक्त गर्छिन् । यी दुवैको सम्बन्ध लामो समय टिक्दैन । त्यसपश्चात् कबीर नराम्रो बाटोतर्फ फस्छ । ऊ आफ्ना दुःख बिर्सन मदिरा, नसा र सेक्सको लतमा डुबेको हुन्छ ।
कबीर पियक्कड हुन्, केटीप्रति हुरुक्कै हुन्छन् । उनी एक झोंकी प्रेमी हुन् । तर, उनी कसरी यस्तो भए ? के कारणले उनलाई यो मोडमा ल्याइदियो ? कबीरका भाई आफ्नी हजुरआमासँग भन्छ, ‘कबीरलाई सहयोग गर्नुहोस्, उसको दुःखमा साथ दिनुहोस् ।’ उसकी हजुरआमा भन्छिन्, ‘दुःख कहिल्यै कसैले कम गर्न सक्दैन । सबैले आ–आफ्नो दुःख झेल्नुपर्छ । आफ्नो भागको दुःख आफैसँग हुन्छ ।’
चलचित्रमा शाहिदले प्रेम, आवेग, रिस, सनक, उत्साह सबै किसिमको संवेदनालाई प्रस्तुत गरेका छन् । जसरी विजय देवरेकोंडाले अर्जुन रेड्डीको हरेक दृश्यमा आफूलाई उभ्याएका थिए, त्यसैगरी शाहिदले कबीर सिंहमा आफ्नो उपस्थितिलाई सबलताका साथ प्रस्तुत गरेका छन् ।
यो एक उत्कृष्ट प्रेमकथामा बनेको चलचित्र हो । चलचित्रले प्रेमिल दिलमा पु¥याउन दर्शकलाई बाध्य पार्छ । अभिनेता शाहिदले दर्शकलाई हृदयसम्म त्यो पीडा पु¥याउनेछ, जो विशेषगरी वियोगान्त प्रेममा हुने गर्छ । जेभए पनि यो चलचित्र पूर्णरुपमा राम्रो बन्न भने सक्ने ठाउँ छैन । केही गल्ती कमजोरीका बीच पनि दर्शकलाई ‘कबीर सिंह’ ले निरास भने बनाउँदैन् ।
प्रतिक्रिया