काठमाडौं । गायक हेमन्त रानाको आवाज रहेको नयाँ गीत ‘माया बस्यो है’ को भिडियो सार्वजनिक भएको छ ।
गायक रानाकै शब्द तथा संगीत रहेको गीतको विशाल पौडेलले एरेन्ज गरेका छन् । गीतको भिडियोमा गायक हेमन्त, किरण चाम्लिङ राई र मेघा प्रधानको अभिनय छ । ‘साइली’ गीतको सफलता पश्चात् आएको हेमन्तको यस गीतको भिडियोले युवापुस्ताको मायाप्रेमलाई व्यंग्यात्मक शैलीमा चित्रण गरेको छ ।
गायक हेमन्त र किरण चाम्लिङ राईको निर्देशन गरेको भिडियोलाई लवेश श्रेष्ठले र रुबिन प्रधानले छायांकन गरेका छन् । त्यस्तै, गीतको भिडियोमा अभिनेता दयाहाङ राईको समेत विशेष उपस्थिति रहेको छ । एकचोटि देख्दैमा र यथार्थ नबुझी माया गर्ने सोच भएका आजका युवापुस्ता माथिको मिठो व्यंग्य गीतको भिडियोमा देख्न सकिन्छ ।
प्रतिक्रिया