काठमाडौं । राइनो ५००डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा १३ औं राष्ट्रिय आर्किटेक्चर प्रदर्शनी सम्पन्न भएको छ । वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका सम्पदा तथा निर्माण सम्बन्धी सम्पूर्ण विषयहरुको एकै थलोमा विस्तृत जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको थियो ।
शुक्रबार सुरु भएको सो प्रदर्शनीमा वास्तुकलाले सामान्य जीवनमा पार्ने असरदेखि विश्वमा रहेको वास्तुकलाको अवस्थाबारे निकै रचनात्मक रूपमा विद्यार्थीहरूले प्रस्तुति दिएका थिए । पुल्चोक स्थित पुल्चोक इन्जियरिङ कलेज भएको सो तीनदिने प्रदर्शनी आइतबार समापन भएको थियो ।
प्रदर्शनीमा वास्तुकलाका साथै विद्यार्थीहरुले चित्रकला, काष्ठकला तथा अरु विषयमा समेत बेजोड प्रस्तुति गरेका थिए । मजबुत निर्माणका लागि गुणस्तरीय सामाग्रीको प्रयोगलाई प्रोत्साहनगर्दै आइरहेको जगदम्बा स्टील्स्को राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टले उक्त१३ औं राष्ट्रिय आर्किटेक्चर प्रदर्शनीको आयोजनामा सहायता पु¥याएको थियो ।
प्रतिक्रिया