रंगकर्मी अधिकारीलाई सम्मान

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले आयोजित ‘चलचित्र सर्जक सम्मान तथा अन्तत्र्रिmया कार्यक्रम २०७६’ मा विभिन्न स्रष्टालाई सम्मान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजले जेष्ठ निर्देशकलाई सम्मान गरेको हो ।

आफ्नो जीवनको ६० वर्ष उमेर पार गरेर चलचित्र क्षेत्रलाई योगदान पु¥याउने स्रष्टालाई सम्मान स्वरूप आजीवन सदस्यता प्रदान गरेको हो । ६० वर्ष उमेर पुगेकाहरूमध्ये यादव खरेल, चेतन कार्की, लक्ष्मीनाथ शर्मा लगायतलाई संस्थापक अध्यक्ष भएको हुनाले आजीवन सदस्यता प्रदान गरिएको छ भने मोहन निरौला र तीर्थ थापालाई चलचित्र सर्जक सम्मानबाट सम्मानित गरियो ।

समाजले रंगकर्ममा दुई दशकदेखि सक्रिय रंगकर्मी ठण्डबहादुर अधिकारी र कोरियोग्राफर, नृत्यांगना सुनिता बस्नेतलाई सम्मानित गरेको छ । कार्यक्रममा कलाकार संघका नवनिर्वाचित कार्यसमितिलाई स्वागत एवं सम्मान समेत गरिएको थियो । कार्यक्रमको सभापतित्व नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया