उपाध्यायको ‘कसले भन्छ’

काठमाडौं । डा. डिआर उपाध्यायको नयाँ गीत ‘कसले भन्छ मदेखि टाढा छिन् उनी, हरपल आउने ती यादमा गाढा छिन् उनी…’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’ को स्वर तथा संगीत र देवेन्द्र नेवाः को एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रसन्नले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री अनु शाह, डा. उपाध्याय र सागरलाई फिचरिङ गरिएको छ । विदुर पाण्डेको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । सागर अधिकारी ‘शरद’ को स्वर रहेको यस गीतको भिडियो पनि राम्रो बनेको गीतकार डा. उपाध्यायले जिकिर गरे । उनले टाढा भए पनि हर पलसँगै रहेकी मायालुको सम्झना गीतको भिडियोमा देखाइएको जनाए ।

‘हिरो २०१९’ बाट सम्मानित गीतकार डा. उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इन्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड र एभरेस्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

डी. उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता र दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

प्रतिक्रिया