जन आक्रोश सार्वजनिक

काठमाडौं । योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको हिपहप शैलीको गीत ‘जन आक्रोश’ को भिडियो सार्वजनिक भएको छ ।

योङ्ग मिनिस्टरको शब्द, योगशको संगीत रहेको गीतको भिडियोको निर्देशन विक्रम आदित्य शाहको रहेको छ । गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय छ । वीरेन्द्र भाट विपिनले छायांकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीतमा राजनीतिक व्यंग्यलाई प्रस्तुत गरिएको छ ।

योगेशको पछिल्लो समय सार्वजनिक भएको गीत ‘एसेलुको पात…’ ले चर्चा पाइरहेको बेला उनले नयाँ गीत ‘आक्रोश’ स्रोता÷दर्शकमाझ ल्याएका हुन् । आफ्ना अन्य गीत जस्तै ‘जन आक्रोश’ ले पनि स्रोता÷दर्शकको माया पाउनेमा आफू आशावादी रहेको उनले जिकिर गरे । उनले भने, ‘हामीले वर्तमान देशको अवस्थालाई हिपहप शैलिको गीत मार्फत प्रस्तुत गर्न खोजेका हौ, देशमा बढदै गएको विकृति विसङ्गतीलाई उजागर गर्ने प्रयास हो ।’

प्रतिक्रिया