काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा (एसजीएम) सम्पन्न भएको छ । शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त सभाले बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति(एक्विजिशन) गर्ने कम्पनीको प्रस्तावलाई पारित गरेको छ ।
यससँगै फाइनान्सको १०० कित्ता सेयर हुने सेयरधनीले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउने छन् । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ५९ करोड रुपैयाँ र जेबिल्स फाइनान्सको चुक्ता पुँजी ८४ करोड रुपैयाँ रहेको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी १२ अर्ब ८७ करोड रुपैयाँ पुग्ने छ ।
साथै, बैंकको कुल निक्षेप १४७ अर्ब रुपैयाँ र कर्जा १३२ अर्ब रहने छ । फाइनान्सको प्राप्तिपछि पनि बैंकका संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहने छ । त्यस्तै, प्राप्ति पछि बनेको इन्भेष्टमेन्टको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने कम्पनीले जनाएको छ । हालसम्म बैंकले उपत्यका भित्र २३ र बाहिर ५७ वटा गरी कुल ८० वटा शाखा संचालनमा ल्याईसकेको छ ।
प्रतिक्रिया