मार्मिक गीत ‘तिमले दिएको’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । जीबी लामाको निर्देशन र छायाँकनमा तयार भएको नयाँ गीत ‘तिमले दिएको’ को भिडियो सार्वजनिक गरिएको छ । सुमन मगरको स्वरमा रहेको तिमीले दिएको गीत युट्युबमार्फत सार्वजनिक भएको हो । गीतको म्युजिक भिडियोमा शब्द नारायण प्रसाद राईको रहेको छ, भने संगीत सुमन राईको ।

संगीत संयोजन राजु कार्की, मिक्सिङ मास्टरिङ गोबिन्दा सोनिको रहेको गीतको भिडियोमा कलाकार शेषुका राई÷मुस्कान राई र अनुशा राईको अभिनय रहेको छ। अर्मन गुरूङको कोरियोग्राफमा बनेको भिडियोमा अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

अभिनय गर्ने मोडल शेषुका राईले नेपालको खेल जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन । उनी कराँतेको फोर्थ डन हुन भने सानै उमेरको अन्तरास्ट्रिय कराँते रेफ्री समेत रहेकी छन छ ।

 

भिडियो      https://youtu.be/UBO2gSVepxc

 

प्रतिक्रिया