लुम्बिनी बैंक र ग्रान्डी अस्पतालबीच सहकार्य

काठमाडौं । लुम्बिनी विकास बैंक र ग्रान्डी इन्टरनेसनल अस्पतालबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालका तर्फबाट बजार व्यवस्थापन विभागका प्रमुख दिनेश पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकका कार्डवाहक ग्राहक र कर्मचारीले ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस सम्झौताबाट बैंकका ग्राहकहरू लाभान्वित हुनेछन् । ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखाबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया