माथिल्लो मुस्ताङमा ‘ब्याक–प्याकर टुरिस्ट’लाई रोकौँ

‘द हिमालय किङ्डोम’ नामक किताबमा उल्लेख भए अनुसार तत्कालीन शाही पाहुनाहरू भने सुटुक्क माथिल्लो मुस्ताङ जाने गर्थे । माथिल्लो मुस्ताङ २०४६ सालको परिवर्तन अघिसम्म विदेशी त के नेपालीहरूकै लागि पनि प्रायः गुमनाम भएर बसेको थियो । फ्रान्सको राजधानी पेरिसमा रहेको युनेस्कोको कार्यालयले माथिल्लो मुस्ताङलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरेको धेरै वर्ष भइसकेको छ ।

विश्वका भ्रमण प्रेमी मानिसहरूका लागि विभिन्न (भ्रमण गर्न चाहेको सम्बन्धित देश) देशका बारेमा जानकारी दिने उद्देश्यले किताब लेख्ने÷प्रकाशित गर्ने र, विश्वका भ्रमण प्रेमीहरूले पनि विश्वसनीय र आधिकारिक मान्ने गरेको ‘लोन्ली प्लानेट’ले नेपालका विभिन्न गन्तव्यहरूलाई कयौँपटक विश्वकै उत्कृष्ट गन्तव्य भनी सूचीमा राख्ने गरेको छ । लोन्ली प्लानेटले नेपालका विभिन्न गन्तव्यलाई विश्वका उत्कृष्ट भनी सन् २०१३ मा तेस्रो नम्बरमा माथिल्लो मुस्ताङ अर्थात् ल्हो–मान्थाङलाई पारेको थियो ।

लोन्ली प्लानेटले सन् २०१७ मा फेरि गरेको सर्वेक्षणमा पनि विश्वभरिका पर्यटकले आफ्नो जीवनमा एकफेर नपुगी नहुने वा भ्रमण नगरी नहुने महत्वपूर्ण स्थानमध्ये माथिल्लो मुस्ताङलाई नै रोजेका थिए । जुन नेपालका पर्यटन व्यवसायीका लागि मात्रै नभएर सम्पूर्ण नेपालीहरूका लागि गर्वको विषय हो । हुन पनि माथिल्लो मुस्ताङ भ्रमण गर्न आएका विदेशी पर्यटकबाट बर्सेनि राजस्व मात्रै लगभग २० देखि २५ करोड रुपैयाँ उठ्ने गर्छ ।

माथिल्लो मुस्ताङ नै किन घरि–घरि विश्वका कुनै पनि पर्यटकले एकपटक भ्रमण नगरी नहुने १० स्थानभित्र पर्ने गरेको छ त ? यसबारेमा यहाँ केही चर्चा गर्ने प्रयास गरिएको छ । स्थानीय भाषामा ‘ल्हो मन्थाङ’ अनि अंग्रेजी भाषामा फोरबिड्डन किङडोम, हिड्डेन किङडोम, मड सिटी, लस्ट किङडोम, अप्पर मुस्ताङ आदि भनेर चिनिने र, नेपाली भाषामा माथिल्लो मुस्ताङ भनिने माथिल्लो मुस्ताङ ०४६ सालको परिवर्तन अघिसम्म विदेशी त के नेपालीहरूकै लागि पनि प्रायः गुम नाम भएर बसेको थियो । फ्रान्सको राजधानी पेरिसमा रहेको युनेस्कोको कार्यलयले माथिल्लो मुस्ताङलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरेको धेरै वर्ष भइसकेको छ । तर, के–कति कारणले हो ? हालसम्म माथिल्लो मुस्ताङ विश्व सम्पदा सूचीमा भने सूचीकृत हुन सकेको छैन ।

०४६ सालको राजनैतिक परिवर्ततनपछि बनेको प्रजातान्त्रिक सरकारले माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, मनास्लु, कञ्चनजंघा, मकालु लगायतका क्षेत्रहरू विदेशी पर्यटकका लागि आंशिक रूपमा खुल्ला ग¥यो । तर, अमेरिकी नागरिक तथा नेपालमा लामो समयसम्म पर्यटन व्यवसाय गरेर बसेका स्टान आर्मिङटनद्वारा लिखित र ‘लोन्ली प्लानेट’द्वारा नै प्रकाशित ‘द हिमालय किङ्डोम’ नामक किताबमा उल्लेख भएअनुसार तत्कालीन शाही पाहुनाहरू भने सुटुक्क माथिल्लो मुस्ताङ जाने गर्थे । २०४६ साल पछि माथिल्लो मुस्ताङमा विदेशी पर्यटकलाई सीमित संख्यामा र निश्चित सर्तसहित भ्रमण गर्न दिने निर्णय ग¥यो, तत्कालीन श्री ५ को सरकारले ।

जस्तो कि, माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने पर्यटक कम्तीमा दुईजना हुनै पर्ने, सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत मात्रै जान पाउने, एकजना सरकारी सम्पर्क अधिकृत अनिवार्य रूपमा लैजानै पर्ने (हाल खारेज), १० दिनमा टे«किङ सक्नैपर्ने (आधार खुलाएर थप २ दिन थप्न सकिने), एकजना पर्यटक बराबर दैनिक ७०० डलर (हाल घटाएर ५०० सय डलर) सरकारलाई राजस्व तिर्नुपर्ने, वर्षमा एक हजारभन्दा बढी पर्यटक जान नपाउने, स्थानीय समुदायलाई सीधै आर्थिकलगायत अन्य सरसहयोग दिन नपाइने, दिन परे प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिनुपर्ने आदि इत्यादि सर्तहरू थिए ।

नेपालका अन्य क्षेत्रहरूमा जस्तै विदेशीलाई निषेध गरिएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि खुल्ला भएपछि पहिलो वर्ष सन् १९९२ मा चार सय ८३ जना विदेशी पर्यटकले भ्रमण गरे । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकहरूको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक नाघ्यो । अर्थात् उक्त वर्ष एक हजार ६६ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । तर, दूर्भाग्य, यो क्रम लामो समयसम्म जारी रहन सकेन । सन् १९९९ मा एक हजार ५७ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे तापनि देशमा सुरु भएको हिंसा प्रतिहिंसाका कारण सन् २००० देखि पुनः माथिल्लो मुस्ताङ जाने विदेशी पर्यटकको संख्या तीन अंकमा झ¥यो । यो क्रम सन् २००६ सम्म नै जारी रह्यो ।

तर, सन् २००६ मा नेपालमा आएको शान्ति सँगै माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पनि बढ्ने क्रम सुरु भयो । सन् २००७ मा १ हजार १ सय ५७ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् २००८ मा त स्थानीयवासीहरू नै आश्चार्य चकित हुने गरी विदेशी पर्यटक माथिल्लो मुस्ताङमा ओइरिए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै दुई हजार एक सय ९४ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे ।

तिब्बत र माथिल्लो मुस्ताङ उस्तै–उस्तै
हो, भौगोलिक हिसाबले तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तै उस्तै छ । त्यतिमात्रै होइन, उनीहरूबीच धर्म, भाषा, वेषभूषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ । घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरिका उही, खेती गर्ने तरिका उही । अझ माथिल्लो मुस्ताङको तिब्बतभन्दा पृथक पहिचान के छ भने, माथिल्लो मुस्ताङका विभिन्न स्थानमा प्राचीन गुफाहरू प्रशस्तै छन् । जुन पर्यटकका लागि वरदान नै हो । उता ‘लो घ्याकर’मा आजभन्दा लगभग १३ सय वर्ष पहिले स्तापित गुम्बाले विदेशी पर्यटकका लागि अरू बढी कौतुहलता र आकर्षण थपेको छ । भनिन्छ, उक्त गुम्बा गुरु पद्म सम्भवले तिब्बतमा बुद्ध धर्म फैलाउन जाने क्रममा स्थापना गराएका हुन् ।

नेपाल सरकारले सुरुमा माथिल्लो मुस्ताङ भ्रमण गर्न जाने पर्यटकलाई सलामी वापत सात सय अमेरिकी डलर लिन्थ्यो । तर, पछि घटाएर ५ सय अमेरिकी डलरमा झारेको छ । फलस्वरूप विगत ७÷८ वर्षदेखि माथिल्लो मुस्ताङमा भ्रमण गर्न चाहने विदेशी पर्यटकको संख्या बढेको बढ्यै छ । तर, माथिल्लो मुस्ताङ जाने पर्यटकको बढ्दो संख्याको विषयमा जोय ट्रेकका सञ्चालक महेश बुढामगरको भनाइ भने यस्तो रहेको छ–‘माथिल्लो मुस्ताङजस्तो ऐतिहासिक र पुरातात्विक क्षेत्रको भ्रमणमा वेस्ट टुरिस्ट (खर्च गर्न नसक्ने, मख्खीचुस, फोहर मैला मात्रै गर्ने र वातावरण नष्ट मात्रै गर्ने पर्यटकलाई ‘वेस्ट टुरिस्ट’ भन्ने प्रचलन छ ।) को भीड लगाउँदा सौन्दर्य र महत्व बढ्ने होइन घट्ने हुन्छ । गुणस्तरीय र शालीन पर्यटकलाई पर्यटकलाई मात्रै माथिल्लो मुस्ताङ भ्रमण गराउनेतर्पm सबैले ध्यान दिनुपर्छ ।’

हुन पनि सन् २०११-१२ ताका फिलिपिन्सका पर्यटनमन्त्रीले आप्mनो देशमा आउने ‘ब्याक–प्याकर टुरिस्ट’हरूलाई प्रतिबन्ध लगाउने सार्वजनिक घोषणा गरेका थिए । घोषणमा उनले आप्mनो तर्क यसरी दिएका थिए–‘फिलिपिन्स भ्रमण गर्न आउने विदेशी ‘ब्याक–प्याकर टुरिस्ट’ले आवश्यक (पर्यटक भएर गर्ने खर्च) खर्च गर्नुभन्दा पनि बढी वातावरण र समाज बिगार्ने गरेकाले त्यस्ता ‘ब्याक–प्याकर टुरिस्ट’हरूलाई प्रतिबन्ध लगाउनु परेको हो ।’ तर, उनको सो भनाइ फिलिपिन्समा व्यवहारिक रूपमा लागू हुन सकेन ।

यसरी हेर्दा ऐतिहासिक र रहस्यमय लाग्ने अनि तिब्बतको जस्तै वातावरण भाषा, संस्कार, संस्कृति, भूगोल, रहनसहन, रीतिस्थिति रहेको माथिल्लो मुस्ताङमा संख्यात्मक रूपले अभैm पनि कमै विदेशी पर्यटक जान्छन् । यसको एउटा कारण पाँच सय अमेरिकी डलर सलामी दस्तुर पनि अधिकांश विदेशी पर्यटकलाई महँगो शुल्क हुन सक्छ । हामीले फिलिपिन्सका पर्यटनमन्त्रीले जस्तो हाम्रो देशमा आउने ‘ब्याक–प्याकर टुरिस्ट’हरूलाई प्रतिबन्ध लगाउन नसके तापनि कम्तीमा माथिल्लो मुस्ताङमा भने त्यस्ता ‘ब्याक–प्याकर टुरिस्ट’हरूलाई जान नदिनेतर्पm नै सोच्नुपर्छ ।

पछिल्लो चार वर्षमा माथिल्लो मुस्ताङको भ्रमण गर्ने विदेशी पर्यटकको संख्या÷तथ्यांक यस्तो छ –‘सन् २०१५मा २ हजार ६ सय ८६ जना, सन् २०१६ मा ३ हजार १६ जना, सन् २०१७ मा ४ हजार १ सय १५ जना, सन् २०१८ मा ३ हजार ९ सय १५ र सन् २०१९ को मे महिनासम्ममा ६ सय ४२ जना विदेशी पर्यटकले ले माथिल्लो मुस्ताङको भ्रमण गरेका छन् ।

प्रतिक्रिया