ज्योति लाईफ र ईसेवाबीच सम्झौता

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता भएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै इन्स्योरेन्स कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री बनाइ अझ प्रभावकारी तथा सहज सेवा पु¥याउने उद्देश्यले अनलाइन भुक्तानी सम्झौता भएको हो ।

सम्झौतासँगै ज्योति लाईफबाट जारी गरिएका सबै बीमालेखहरुको नविकरण शुल्क भुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट तथा विमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट गर्न सक्नेछन् । सम्झौता संगै हाल परिक्षणको कार्य भैरहेकोले सफल परिक्षण पश्चात छिटैने सेवाग्राहीले यो सेवा उपयोग गर्न सक्नेछन् ।

मुलुकभर इसेवाका ५० हजार बढि जोन पोइन्ट रहेका छन् । आफ्नो कार्य व्यस्तताको कारणनविकरण गर्न कम्पनीको काउन्टरमा गई नविकरण गर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण वीमितहरुको समयको बचत, सहज भुक्तानी र प्रविधिको उच्चतम प्रयोगबाट कुनै अतिरिक्त शुल्क विनालाभ लिन सकिने छ । सम्झौता पत्रमा ज्योती लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री तथा इसेवा फोन पे प्रालिका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरे ।

प्रतिक्रिया