काठमाडौं । सनराइज बैंक लिमिटेडले दुई वटा शाखारहित बैंकिंङ सेवा सुरु गरेको छ । बैंकले ३४औँ शाखारहित बैंकिङ सेवा तनँहु जिल्लाको व्यास नगरपालिका ९ गजौडे र ३५ औँ शाखारहित बैंकिंङ सेवा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ६ जलजले बजारमा सुरुआत गरेको छ ।
व्यास नगरपालिका वडां नं. ९ का अध्यक्ष सुरेश थापा र नायव महाप्रबन्धक श्री अपछ कुमार यादवले एक समारोहका बीच गजौडेमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे । बैंकले ३५औँ शाखारहित बैंकिङ सेवा त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्र भगत र बैंकका प्रदेश १ को प्रमुख विवेक निरौलाले संयुक्त रूपमा उद्घाटन गरी पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यो सँगसँगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या ३५ पुगेको छ ।
प्रतिक्रिया