कावासोतीमा सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

कावासोती । कावासोती नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयबाट सेवा निवृत्त भएका प्रधानाध्यापकहरुको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शिव माध्यामिक विद्यालयबाट जनक मावि गैंडाकोटमा सरुवा भइ गएका शिवमा विका पूर्व प्रधानाध्यापक चूडामणि शर्मा कँडेल, गोसाइँबाबा आधारभूत विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक जिवन श्रेष्ठ, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक मुक्तिबहादुर क्षेत्री, सन्तुदेवी राष्ट्रिय प्राथमिक विद्यालयकासेवा निवृत्त प्रधानाध्यापक ठाकुर प्रसाद लामिछाने, राजरत्न प्राथमिक विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक टीकाराम महतोलाइ सम्मानसहित विदाइ गरिएको हो ।

साथै सोहि कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयहरुमा नवनियुक्त प्रधानाध्यापकहरुलाइ पनि स्वागत गरिएको परीक्षा समिती सदस्य एवम नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेले जानकारी दिए । त्यसैगरी कक्षा ५ को स्तरमापन परीक्षाबाट सर्वोत्कृष्ट १० स्थान भित्र पर्न सफल विद्यार्थीहरु लाइ पुरस्कार वितरण, उत्कृष्ट औषत अंक ल्याउने विषय शिक्षक र नगरपालिका भित्र सर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यालयलाइ सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ ।

शैक्षिक सत्र २०७५ को स्तरमापन परीक्षामा नवदुर्गा आधारभूत विद्यालय कावासोती २ प्रथम स्थान हासिल गरेको छ । त्यस्तै सरस्वती मावि गोछाडाले द्वितीय र नारायणी प्रावि टरुवाले तृतीय स्थान हासील गरेका छन् ।

कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनको प्रमुख आतिथ्य तथा नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी र शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्णचन्द्र पोख्रेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कावासोती नगरपालिका स्तरीय परीक्षा समितिका संयोजक गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परीक्षा समितिका सचिव प्रेम न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया