एजेन्सी, फ्रान्स । क्ले कोर्टका बादशाह राफेल नाडलले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा स्पेनिस खेलाडी नाडलले डोमिनिक थिमलाई ३–१ को सेटमा हराए । चौथो वरियताका थिमले नाडललाई चुनौती दिन प्रयास गरे पनि नाडलको उत्कृष्ट प्रदर्शनको दबाबमा परे ।
पहिलो सेट ६–३ ले जितेका नाडलले दोस्रो सेट भने ५–७ मा गुमाए । त्यसपछिको दुई सेटमा नाडलले ६–१ र ६–१ को जित निकाले र क्ले कोर्टका राजा भएको प्रमाणित गरे । यो उपाधिसँगै नाडलले ग्रान्डस्लाम उपाधि संख्या १८ पु¥याएका छन् । १८ ग्रान्डस्लाममध्ये नाडलले १२ वटा उपाधि पेरिसमा नै जितेका हुन् । उनी १२ वटा फ्रेन्च ओपन जित्ने एक्ला खेलाडी बनेका छन् । नाडलले पहिलो फ्रेन्च ओपन उपाधि २००५ मा जितेका थिए । उनको पहिलो ग्रान्डस्लाम पनि फ्रेन्च ओपन नै हो ।
प्रतिक्रिया