जुम्ला । सुस्त श्रवण भएका बालबालिकाका अभिभावकका लागि ‘सांकेतिक भाषा’ को तालिम सुरु भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोग र किर्डाक नेपालको आयोजनामा कर्णाली मावि अनामनगरमा अध्यनरत सुस्त श्रवण भएको बालबालिकाका अभिभावकका लागि लक्षित गरी तीनदिने सो तालिम सुरु गरिएको हो ।
बुझ्न पाउने अधिकार सबै नागरिकको भएकाले सांकेतिक भाषाको तालिम सुरु गरिएको प्लान नेपालका अधिकृत दिलीप बोहाराले बताए । सुस्त श्रवण भएका व्यक्तिमा पनि आफ्नै खालको विशिष्ट क्षमता हुने भएकाले उनीहरूको क्षमतालाई उजागर गर्नका लागि तालिमको आयोजना गरिएको किर्डाक नेपालका गणेश बोहोराले बताए ।
बच्चाले बोलेको कुरा थाहा पाउँदा र आफूहरूले भनेको बच्चाहरूले बुझ्न सक्ने हुँदा तालिममा सहभागी अभिभावक खुसी भएका छन् । सांकेतिक भाषाका बारेमा आवश्यक ज्ञान नहुँदा अभिभावकलाई सारै गारो भएको कर्णाली मावि अनमनगरका सुस्त श्रवण कक्षा स्रोत शिक्षक देवेन्द्र तिमिल्सेनाले जानकारी दिए । नेपालको विभिन्न कानुनमा सरकारी कार्यालयमा दोभाषे हुनुपर्ने व्यवस्था गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
प्रतिक्रिया