एजेन्सी, मड्रिड । इडन हजार्ड रियल मड्रिडमा आवद्ध भएका छन् । चेल्सीमा रहेका हाजार्डलाई मड्रिडमा १ सय ५० मिलियन स्टर्लिङ पाउन्डमा आवद्ध गरिएको हो । हजार्डले पाँच वर्षका लागि सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । हजार्डसँगको सम्झौता १३ जुनदेखि लागु हुने छ । बेल्जियमका लागि २०१२ मा डेब्यु गरेका हजार्डले चेल्सीमा रहँदा ३५२ खेलमा १ सय १० गोल गरेका छन् ।
२८ वर्षीय हजार्डको बिहीबार राति नै स्पेनमा मेडिकल भएको थियो । उनको अनुबन्धन ५ वर्षको अवधिमा बढेर १ सय ३० मिलियन पाउन्ड पुग्ने क्लबले जनाएको छ । रियलले दुई वर्ष अघि देखि नै हजार्डलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरेपनि असफल भएको थियो । तर, यसपटक रियलले हजार्डलाई अनुबन्ध गर्न सफल भएको हो ।
रियलमा अनुबन्ध हुने पक्का भएसँगै हजार्डले यो कुनै गोप्य नरहेको र बाल्यअवस्था देखिनै रियल म्याड्रिडमा खेल्ने इच्छा पूरा भएको बताएको छ । ‘चेल्सीमा हरेक समय निकै सम्झनयोग्य समय बिताए । चेल्सीले मलाई फुकुवा गर्न चाहेको थिएन । तर, मैले नै रियल रोजे ।’ हजार्डले भने । चेल्सीका निर्देशक मारिना ग्रानोसकाइयाले अजार्डले क्लब छाड्नु दुःखको क्षण भएको बताएका छन् ।
हामीले अब गुडबाई हजार्ड भन्नुबाहेक केही छैन । ‘उनलाई बाल्यकालमा रियलबाट खेल्ने सपना थियो । त्यो अब पूरा भएको छ । फरक देश र फरक क्लबमा थप सफलताको शुभकामना छ ।’ मारिनाले भने । हजार्डले चेल्सीमा ३५२ खेल खेल्दै ११० गोल गर्नुका साथै ९२ असिस्ट प्रदान गर्का थिए । उनले चेल्सीमा दुई प्रिमियर लिग, दुई युरोपा लिग, १ एफए कप र एक लिग कप जिताएका छन् ।
हजार्ड सन् २०१३ मा फ्रेन्च क्लब लिलेबाट चेल्सीमा पुगेका थिए । हाजार्डले रियल म्याड्रिडका लागि ७ नम्बर जर्सी लगाउने भएका छन् । गत सिजन रोनाल्डोले क्लब छाडेपछि मारियानोले उक्त जर्सी लगाएका थिए ।
प्रतिक्रिया