रौतहट । रौतहटको कटहरिया नगरपालिकाबाट दुई लाख नक्कली नेपाली नोटसहित दुई जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक हजारको दुई सय नक्कली नोटसहित कटहरिया बजारबाट साविकको सगैया पिपरा गाविस–५ हाल मौलापुर नपा–७ बस्ने वर्ष ४० को बिहारी साह र साविकको बगही गाविस–९ हाल कटहरिया नपा–७ बस्ने वर्ष ६१ को जियालाल महतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
पक्राउ परेका बिहारी साहले बारा जिल्लाको साविक गाविस पटेर्वा– ९ हाल आदर्श कोतवाल गाउँपालिका–६ बस्ने २५ वर्षीय आनन्द कुशवाहाल बारा जिल्लाकै साविक गाविस इटवाल हाल सिम्रौनगढ नगरपालिका बस्ने ३५ वर्षीय छोरा मनोज तेलीले कटहरिया बजारसम्म उक्त नक्कली नोट पु¥याउन लगाएको वयान दिएको प्रहरीले जनाएको छ । पैसा पु¥याउन लगाउने आनन्द कुशवाहा र मनोज तेली फरार रहेको र उनीहरूको खोजतलास जारिरहेको प्रहरीले जनाएको छ ।
यता रौतहट सदरमुकाम गौरबाट दुई जनालाई मानव बेचबिखनको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार बिहान ७ बजेर ३० मिनेटको समयमा माइती नेपाल संस्थाबाट खटिएका टोलीले गौर नगरपालिका–१ स्थित भन्सार सुरक्षा जाँच हुने ठाउँमा नेपालबाट भारततर्फ शंकास्पद रूपमा जान लागेकी महिलालाई रोकी सोधपुछ गर्दा १९ वर्षीय युवतीलाई ललाइफकाई विभिन्न प्रलोभन देखाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले जिल्ला डडेलधुरा आलीटार नगरपालिका–४ बस्ने वर्ष ४२ की दुर्गादेवी बोहरा, जिल्ला रौतहट दुर्गा भगवती गाउँपालिका–७ गंगापिपरा बस्ने ५० वर्षीया पार्वती देवीलाई नियन्त्रण लिएर आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
पीडित महिलालाई भारतको दिल्ली हँुदै कुबेत पठाउनका लागी पूर्व योजनासहित लगिएका महिलाहरूको साथबाट फेला परेको कागजातबाट खुलेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुर्गादेवी बोहरा र पार्वती देवीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
प्रतिक्रिया