सिरहा । जिल्लाको गोलबजार नगरपालिका–(६ मा प्रहरीले हजारौँ लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले अबैध रूपमा घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा अपरेसन सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार गोलबजारमा अवैध मदिराका कारण दिनहुँ समाजमा झैझगडा, घरेलु हिंसा, महिला हिंसा लगायतका घटनामा वृद्धि भइरहेको हुनाले विशेष अपरेसन सुरु गरिएको बताए । उपरीक्षक चतुर्वेदीका अनुसार मानिसको स्वास्थ्यस्थितिमा प्रत्यक्ष असर पु¥याइरहेको हुँदा यसलाई अभियानको रूपमा सञ्चालन गरिएको बताए ।
गोलबजार नगरपालिका–६ गुम्बाचोकको प्रायः हरेक घरमा आधुनिक तरिकाबाट अबैध मदिरा उत्पादन गरिरहेका सामग्री र तयारी अवस्थामा राखिएका हजारौँ लिटर मदिरा बरामद गरी नष्ट गरिएको छ । उपरीक्षक चतुर्वेदीले भने गुम्बाचोकमा अधिकांश घरबेटीले मदिरा उत्पादन गरिरहेको छ । अप्रेसन टोलीले मदिरा उत्पादन गर्ने चुलो भट्टी, ड्रम लगायतका सामग्रीसमेत नष्ट गरेका छन् ।
प्रतिक्रिया