ताप्लेजुङका स्थानीय तहमा २ अर्ब १४ करोड बजेट

ताप्लेजुङ । सरकारले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि स्थानीय तहलाई समपूरक र विशेषबाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । जसअन्र्तगत ताप्लेजुङमा २ अर्ब १४ करोड ११ लाख रुपैयाँ विनियोजन भएको हो । १ नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङको फुङलिङ नगरपालिकामा यस आर्थिक वर्षमा ३५ करोड ९१ लाख विनियोजन भएको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा २४ करोड ४३ लाख, फक्ताङ्लुङ गाउँपालिकामा २२ करोड ५३ लाख, मिक्वाखोलामा १६ करोड २३ लाख, मेरिङ्देन गाउँपालिकामा २१ करोड ७८ लाख, मैवाखोला गाउँपालिकामा १९ करोड ५० लाख विनियोजन भएको छ ।

यस्तै पाथिभरा याङ्वरक गाउँपालिकामा २३ करोड ३४ लाख, सिदिंवा गाउँपालिकामा २१ करोड ८० लाख र सिरीजंगा गाउँपालिकामा २८ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै पाँचथरमा जम्मा २ अर्ब १० करोड ३४ लाख विनियोजन भएको छ भने तेह्रथुममा १ अर्ब ३६ करोड ९ लाख विनियोजन भएको छ । यसबाहेक राजस्व बाँडफाँड, विशेष अनुदान र समपूरक अनुदानवापत पनि स्थानीय तहले छुट्टै स्रोत प्राप्त गर्छन् ।

प्रतिक्रिया