कालीकोट । ‘सानैमा बुवा बिते, आमा पनि विवाह गरेर गइन्, अहिले मेरो भन्नु कोही छैन । यही अनाथालयमा बिहानबेलुका आएर दुःख मेटाउने गर्दछु’, रास्कोट नगरपालिका–१ निवासी लाल सार्कीले भावुक हुँदै सुनाए ।
लाल दुई वर्षका हुँदा उनका बुबाले यो संसारबाटै बिदा लिए । आमाले पनी दोस्रो विवाह गरिन् र छोडेर गइन् । दोस्रो विवाहपछि लालकी आमा पुनः घरमा आइन् र फेरी तेस्रो विवाह गरिन् । दुई वर्षका लाल सानैमा टुहुरा भए, साहारा दिने कोही थिएनन् । रास्कोट नगरपालिका–१ स्थित श्री सुन्दर आधारभूत विद्यालयमा अध्ययनरत लाल ५ कक्षामा अध्ययनरत छन् ।
तर, उनी आमाबुबाको माया दिने आपूmजस्तै अनाथ र अपांग बालवालिकासँग बिहान बेलुका अनाथालयमा गएर समय बिताउँछन् । लाल अहिले सात वर्षका भए । पाँच वर्ष उनले दुःखमै बिताए तर अब आउने दिनमा सुख हुन्छ कि उनले अनुहार खुम्चाउँदै लजाएजस्तो गरेर पीडा पोखे ।
लाल मात्रै होइन अनाथालयमा २१ जना बालबालिका छन् । कसैका बुबा छैनन् त कसैका आमा । अनाथालयमा भेटिएका दिनेश टमटाको पनि कथा सुनिनसक्नुको छ । उनको घरमा एक छाक खाना खान पनि मुस्किल छ । उनका पनि आफन्त भन्नु कोही छैन । अनाथालयमा आएर साथीभाइसँग रमाउने गर्दछन् ।
रास्कोट नगरपालिका–१ मा रहेको श्री सुन्दर आधारभूत विद्यालयका प्रधानाध्यापक रत्नप्रसाद न्यौपानेले आफ्नो तलबबाट आउने रकमको ६ लाख रुपैयाँ लगानी गरेर मदुर अनाथालय, असाहय बाल संरक्षण केन्द्र रास्कोटमै स्थापित गरेका छन् । आमाबुबा नभएका, दुःख पाएका बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा अध्ययन गराइसकेपछि त्यस्ता विद्यालयको पढाइ गुणस्तर नहुने हुँदा अनाथ बालबालिकालाई साँझबिहान दुई जना शिक्षकशिक्षिकाद्वारा अंग्रेजी माध्यमबाट पढाइरहेको कुरा बताए । उक्त अनाथालयमा रास्कोटका मात्र नभई कालीकोटका स्थानीय तहबाट पनि बालबालिका आइरहेको कुरा सुनाए ।
बाजुरा जिल्लाकी एक अनाथ बालिका निशा सुनारले मेरो घर, मेरा साथी सबै भनेको यही अनाथालयमा सहभागी हुन भन्ने कुरा सुनाइन् । हामीलाई कुरा सुनाइरहँदा निशाका आखाँबाट आँशु रसाएका थिए । नयाँ व्यक्ति को आएका छन् हामीलाई केही त दिएर जान्छन् होला भन्ने सोचमा थिइन् कि उनको अनुहारले यस्तै बताएको थियो ।
अनाथालयमा बालबालिकालाई अध्ययन गराउँदै आएकी सृष्टि न्यौपानेले बालबालिकाको राम्रो स्याहार गर्दै आएकी छन् । सृष्टि प्रधानाध्यापक रत्न न्यौपानेकै कान्छी सुपुत्री हुन् । न्यौपानेले आफ्नो व्यक्तिगत लगानीमा अनाथालय खोलेको र अहिलेसम्म सबै आर्थिक खर्चको जोहो आफैँ गरेको कुरा सुनाए । न्यौपानेले स्थानीय तहबाट केही राहत हुन्छ कि भन्ने आश गरेका छन् । निवेदन पनि दिएका छन् तर हालसम्म कुनै सुनुवाइ नभएकोमा उनी दुःखी छन् ।
कालिकाेट
प्रतिक्रिया