सानिमा लाईफ र सिद्धार्थ बैैंकबीच सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच जीवन बिमा सेवा सम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रमा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसी र वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । सम्झौताअनुसार ग्राहकहले बैकका सम्पूर्ण एक सय ५५ शाखाहरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन बिमा सेवा उपभोग गर्न सक्ने छन् ।

प्रतिक्रिया