दैलेख । जिल्लामा सञ्चालित एक आयोजनाको अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाको टोलीले आशा आयोजनाको अनुगमन गरेको हो ।
आइफाडको आर्थिक सहयोगमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अगुुवाईमा पहाडी साना किसानका लागि अनुुकूलन आयोजना (आशा) को अनुगमन गरिएको हो । आयोजनाको अनुगमनमा पुगेका जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुुर थापाले आयोजनाले जलवायुु परिवर्तनसम्बन्धी समस्यामा परेका स्थानीय समुुदायलाई प्रत्यक्ष रूपमा सहयोग गरेकोमा आयोजनालाई धन्यवाद दिए ।
‘हामी स्थानीय स्तरमा सुधार भएको देख्न चाहन्छौँ, विभिन्न जोखिमबाट समुुदायलाई टाढा राख्न चाहन्छौँ, वजेट सीमित हुने गर्दछ, समुुदायका आवश्यकता धेरै हुने हुुनाले सोचे अनुुरूप काम गर्न गाह्रो भएको अवस्थामा आशा आयोजनाले धेरै उल्लेखनीय काम गरेको छ’, उनले भने ।
निमित्त जिल्ला समन्वय अधिकारी पदम सापकोटाले आशाले हाल सञ्चालित वस्तीमा नागरिकको मन जितेर काम गरेको प्रतिक्रिया दिए । ‘घरघरमा खोर निर्माण भएका छन, भकारो निर्माण भएका छन् यसले आयआर्जनमा सहयोग पुुगेको छ’ उनले भने ।
जिल्ला आयोजना संयोजक धर्मराज उपाध्यायले जिल्ला समन्वय समिति, स्थानीय जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायसँग हातेमालो गर्दै आयोजनाले विकट वस्तीका नागरिकलाई विभिन्न विषयगत रूपमा सहयोग गर्दै आएको बताए । यो आयोजना दैलेख जिल्लाको दुई वटा नगरपालिका र २ वटा गाउँपालिकामा सञ्चालित छ । आयोजनाले विश्वले हाल झेलिरहेको जलवायुु परिवर्तनका असरहरूको न्यूनीकरण गर्नका लागि कार्य गरिरहेको छ ।
कार्यक्रमले दुल्लु नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, भगवतीमाई गाउँपालिका र र डुुंगेश्वर गाउँपालिकाका विभिन्न वडा तथा टोल वस्तीहरूका स्थानीय अनुुुकूलन योजना तयार गरी जलवायु परिवर्तनले सिर्जना गरेका विभिन्न प्रकोपहरूसँग जुुध्न र अनुुकूलित हुुनका लागि वस्ती स्तरमा विभिन्न क्रियाकलापहरू गर्दै आएको छ ।
प्रतिक्रिया