कम्युनिस्ट पार्टीको इतिहासलाई फर्केर हेर्दा

कम्युनिस्ट पार्टीको नेतृत्वको समाजवादी भनिएको व्यवस्थाको विघटन कुनै विदेशी पुँजीवादी फौजी आक्रमणको परिणाम थिएन । यो त शक्तिशाली सोभियत कम्युनिस्ट पार्टीका सर्वोच्च नेता (महासचिव) तथा सोभियत संघका राष्ट्रपति गोर्वाचोभले अर्का कम्युनिस्ट नेता वोरिस यल्तसिनसँग मिलेर गरिएको नांगो प्रतिक्रान्ति थियो

कम्युनिस्ट नेताहरू कसरी पुँजीवादमा परिवर्तन भए ? लालसेना कसरी पुँजीवादी सेनामा परिवर्तन भयो ? समाजवादी राज्यव्यवस्था कसरी पुँजीवादी राज्यव्यवस्थामा परिवर्तन भयो ? विश्ववाट एकपछि अर्को गर्दै समाजवादी भनिएका राज्यव्यवस्थाहरू किन ढल्न पुगे ? यसबाट नेपाली कम्युनिस्टहरूले समय मै शिक्षा लिन आवश्यक छ ।

सन् १८७१मा विश्वमा पहिलोपल्ट फ्रान्सको राजधानी पेरिसमा कस्युनिस्ट नेतृत्वको राज्यव्यवस्था र सरकारको स्थापना भयो । तर, यो केवल ७२ दिन मात्र टिक्न सक्यो । यसलाई विश्व इतिहासमा पेरिस कम्युन नामले स्वर्णीम अक्षरमा लेखिएकोछ । त्यसपछि सन् १९१७ मा रूसमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्ति भयो । यस क्रान्तिले कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी राज्यव्यवस्था र सरकार स्थापना ग¥यो । तर सन् १९९१ डिसेम्वर २६ का दिनमा सोभियत संघको विघटन भयो । बेलुकी ७.३२ बजे राष्ट्रपति भवन र संसद् भवनवाट सोभियत लाल झण्डा निकालियो र रूसी अक्टोवर समाजवादी क्रान्ति अगाडिको पुरानो रूसी झण्डा पुनः फहराइयो ।

कम्युनिस्ट पार्टीको नेतृत्वको समाजवादी भनिएको व्यवस्थाको विघटन कुनै विदेशी पुँजीवादी फौजी आक्रमणको परिणाम थिएन । यो त शक्तिशाली सोभियत कम्युनिस्ट पार्टीका सर्वोच्च नेता (महासचिव) तथा सोभियत संघका राष्ट्रपति गोर्वाचोभले अर्का कम्युनिस्ट नेता वोरिस यल्तसिनसँग मिलेर गरिएको नांगो प्रतिक्रान्ति थियो । सोभियत संघ विघटनको घोषणाभन्दा केही महिना अगाडि अगस्ट १९९१ मा गोर्वाचोभ र वोरिस यल्तसिन मिलेर सोभियत कम्युनिस्ट पार्टीमाथि नै प्रतिबन्ध लगाएका थिए र कम्युनिस्ट पार्टी विघटन गरिएको घोषणा गरेका थिए ।

सोभियत संघ विघटन भन्दा अगाडि पूर्वी युरोपका समाजवादी भनिएका देशहरूमा एकपछि अर्को गर्दै सन् १९८९ र १९९० मा नांगो पुँजीवादी व्यवस्था स्थापना भयो । युगोस्लाभिया, चेकोस्लोभाकिया, पोलैन्ड, पुर्वी जर्मनी, हंगेरी, बुल्गेरियाजस्ता देशहरूमा विभिन्न खाले जनआन्दोलनहरू र चुनाववाटै समाजवादी व्यवस्था हटाएर पुँजीवादी व्यवस्थाको स्थापना भयो भने रूमानियामा आन्तरिक सशस्त्र संघर्षको माध्यमवाट समाजवादी भनिएको व्यवस्था ढालेर नांगो पुँजीवादी व्यवस्थाको पुनःस्थापना भयो ।

कम्युनिस्ट नेताहरू कसरी पुँजीवादमा परिवर्तन भए ? लालसेना कसरी पुँजीवादी सेनामा परिवर्तन भयो ? समाजवादी राज्यव्यवस्था कसरी पुँजीवादी राज्यव्यवस्थामा परिवर्तन भयो ? विश्ववाट एकपछि अर्को गर्दै समाजवादी भनिएका राज्यव्यवस्थाहरू किन ढल्न पुगे ? यसबाट नेपाली कम्युनिस्टहरूले समय मै शिक्षा लिन आवश्यक छ ।

सन् १९१७ मा लेनिनको नेतृत्वमा रूसमा क्रान्ति भएपछि विकसित देशको तुलनामा निकै पछि परेको रूसलाई तीव्र गतिमा विकास गर्न कम्युनिस्ट पार्टी सफल भयो । कम्युनिस्ट पार्टीले गृहयुद्धमा पुँजीवादी सरकारलाई सहयोग गर्न आएका आठ साम्राज्यवादी देशका सेनालाई समेत हराएर क्रान्ति सम्पन्न गरेको थियो । औद्योगिक क्रान्ति, कृषिमा सामूहिकीकरण र यान्त्रिकीकरण, विद्युतीकरण, आदिको माध्यमवाट विभिन्न क्षेत्रमा आमुल परिवर्तन गरेर विश्वलाई नै छिटो गतिमा तीब्र विकास गर्ने नयाँ सिद्धान्त र बाटो यस क्रान्तिले देखायो ।

यसले हिटलरको विश्वविजयको लक्ष्यसहितको साम्राज्यवादी दोश्रो विश्वयुद्धलाई पराजित गरेर विश्व शान्तिमा नयाँ योगदान दियो । यसले मुठ्ठीभर पुँजीपतिहरूको लोकतन्त्रको जामा पहिरिएको कथित संसदिय लोकतन्त्रविरूद्ध बहुसंख्यक उत्पीडित जनताको समाजवादी लोकतन्त्रको नयाँ व्यवस्थाको उदाहरण विश्वसामु पेस ग¥यो ।

दोश्रो विश्वयुद्धपछि अमेरिका पुँजीवादी देशहरूको शक्तिशाली अगुवाको रूपमा उदायो । अमेरिकासँग टक्कर लिन सक्ने समाजवादी देशको अगुवाको रूपमा सोभियत संघको उदय भयो । तर, यस्तो समाजवादी देश र अन्य समाजवादी देशहरू किन र कसरी ढले ? यो निकै महत्वपूर्ण शिक्षा हो ।

पहिलो शिक्षाः सोभियत संघ र पूर्वी युरोपका कम्युनिस्ट पार्टीहरूले माक्र्सवादी लेनिनवादी राजनीतिका मुख्य तथा आधारभूत सिद्धान्तहरूको परित्याग गरे । सोभियत संघ र पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरूले वर्गीय पार्टी र वर्ग सत्ता तथा वर्गीय सरकार जस्ता माक्र्सवाद लेनिनवादका मुख्य सिद्धान्त नै परित्याग गरे । उनीहरूले कम्युनिस्ट पार्टीलाई सबै जनताको पार्टी र समाजवादी सत्तालाई सबै जनताको सत्ता भन्ने नयाँ संशोधनवादी सिद्धान्त आविश्कार गरे । तर माक्र्सवाद लेनिनवादले भनेको के हो भने शोषक वर्ग र शोषित वर्गको एउटै पार्टी हुन सक्दैन ।

कम्युनिस्ट पार्टी भनेको शोषित सर्वहारा वर्गको पार्टी हो । यो शोषक वर्गको पनि पार्टी हुन सक्दैन । त्यस्तै सरकार र राज्यव्यवस्था एकै पटक शोषक वर्ग र शोषित वर्ग सबैको हुन सक्दैन, कि त शोषक वर्गको सरकार हुन्छ, कि त शोषित वर्गको सरकार हुन्छ । तर ती पार्टीहरूले विशेष गरि सन् १९५६ देखि सबैको पार्टी र सबैको सरकार भन्ने संशोधनवादी नीति अंगाले । सिंह र खरायो दुबैको पार्टी र सरकार वनाउनुको अर्थ सिंहले खरायोलाई खाँदै आफ्नो मात्र पार्टी र सरकार वनाउनु हो ।

मार्क्सवाद लेनिनवादले विश्वका उत्पीडित जनतालाई सिकाएको महत्वपूर्ण विषय भनेको सिंहको पार्टीको विरूद्ध खरायोको पार्टी वनाउनु पर्दछ र खरायोको सरकार तथा सत्ता वनाउनु पर्दछ भन्ने हो । तव मात्र खरायोको व्यवस्था अर्थात् समाजवाद हुँदै साम्यवादमा पुग्न सकिन्छ भन्ने हो । तर, ती पार्टीहरूले कम्युनिस्ट पार्टीलाई सिंह र खरायो दुबैको पार्टी वनाए । सरकारलाई पनि सिंह र खरायो दुवैको सरकार बनाए । परिणाम स्वरूप पार्टी र सरकारमा केही समयपछि सिंहले कब्जा ग¥यो । प्रतिक्रान्ति भयो ।

सुनकाण्ड, वाइडबडी काण्ड तै चुप मैचुपको अवस्थामा छ । एनसेलको अर्बौको करछली काण्डमा वर्तमान सरकारका शीर्ष नेता मुछिएका छन् । उनीहरूले वर्ग संघर्ष छैन भनेतापनि जनताका विरूद्ध उनीहरू स्वयंले ठूला ठूला वर्ग संघर्ष गरिरहेका छन, ठूला भ्रष्टाचारको रूपमा, भ्रष्टाचारलाई ढाकछोप गर्ने तरिका अपनाएर, भ्रष्टाचारको विरोध भण्डाफोर गर्नेहरूलाई दमन गरेर, सरकारी कार्यालयहरूमा जनताबाट घुस असुली निरन्तर गरेर, विकास वजेटहरूमा काखा र पाखा गरेर, भएको विकास बजेट पनि खर्च नगरेर, संचार माध्यमलाई नियन्त्रण गर्ने र आतंकित पार्ने कानुन बनाएका छन् ।

अहिले सत्ताधारी नेकपालाई सर्वहारा वर्गको पार्टी बनाउनुपर्नेमा दलाल पुँजीपति र नोकरशाही पुँजीपतिदेखि सबैको पार्टी बनाइएको छ । परिणामस्वरूप यो पार्टीलाई दलाल पुँजीपति र नोकरशाही पुँजीपतिहरूले कब्जा गर्ने प्रक्रिया तीव्र भएको छ । यो पार्टीले सर्वहारा वर्ग र उत्पीडित नेपालीहरूको स्वार्थ रक्षा गर्नबाट पछि हटिरहेको छ ।

दोश्रो शिक्षाः सोभियत संघ र पूर्वी युरोपका कम्युनिस्ट पार्टीहरूले माक्र्सवाद लेनिनवादको अर्को महत्वपूर्ण सिद्धान्त वर्ग संघर्ष, वर्ग पक्षधरता, वर्गीय शासन, वर्गीय विकास आदिको परित्याग गरे । उनीहरूले समाजवादी व्यवस्थामा शत्रुतापूर्ण वर्गहरू नरहने भएकोले वर्ग संघर्ष अनावश्यक रहेको र वर्ग समन्वय आवश्यक रहेको संशोधनवादी सिद्धान्त अपनाए । समाजवादी राज्यव्यवस्थामा पनि शत्रुतापूर्ण वर्गहरू रहने तथा वर्ग संघर्ष अनिवार्य हुने तथ्य मार्क्स लेनिनले वारम्वार विश्लेषण गरेको कुरालाई उनीहरूले अस्वीकार गरे ।

ती देशहरूमा समाजवादी अर्थतन्त्रका सबै शाखाहरूमा व्यक्तिगत स्वार्थका लागि समाजवादी सम्पतिको दुरूपयोग गर्ने, व्यक्तिगत स्वार्थका लागि भ्रष्टाचार गर्ने, कालोबजारी गर्ने, सत्ताको दुरूपयोग गरेर व्यक्तिगत फाइदा लिने, आदि बढी रहेको थियो । यस्ता पुँजीवादी नव वुर्जुवा वर्गहरूका विरूद्ध संघर्ष गर्न नपर्ने सिद्धान्त लिनाले कम्युनिस्ट पार्टी र सरकार नै पछि गएर कम्युनिस्ट खोल ओडेका त्यस्ता नव वुर्जुवा वर्गको कब्जामा पर्न गयो ।

कम्युनिस्ट नेता कार्यकर्ताहरू नै नव वुर्जुवा वर्गमा रूपान्तरित भए । सन् १९८९ देखि १९९१ सम्ममा आउँदा ती देशहरूका नाम मात्रका कम्युनिष्ट पार्टी र नाम मात्रका कम्युनिस्ट सरकारको विरूद्ध जनता नै सडकमा ओर्लेर क्रान्ति गरे । तर कम्युनिस्ट पार्टीको नामवाट वितृष्णा पैदा भएको कारणले तथा वैकल्पिक क्रान्तिकारी जनपक्षीय कम्युनिस्ट पार्टीको अभावमा अन्य विविध वुर्जुवा पार्टीहरूको हातमा ती देशहरूको सत्ता पुग्यो ।

अहिले नेपालमा पनि सत्ताधारी कम्युनिस्ट पार्टीका नेताहरू अब वर्ग संघर्ष गर्न नपर्ने वताइरहेका छन् । अब शान्तिपूर्ण तरिकाले विकास गर्न सकिने सिद्धान्तको वकालत गरेर वर्ग संघर्षको विरोध गरिरहेकाछन् । तर वास्तविकता यो भएको छ कि ती ठूला वडा नेताहरू नै शोषक, सामन्त वर्गमा रूपान्तरित भइरहेका छन् । देशका ठुल्ठूला भ्रष्टाचार काण्डहरूमा उनीहरू मुछिएका छन् । काम नगर्ने ठेकेदारहरूवाट ठूला नेताहरूले चन्दा असुलेका हुनाले थुप्रैं विकास कामहरू अलपत्र परेका छन् । सुनकाण्ड, वाइडबडी काण्ड तै चुप मैचुपको अवस्थामा छ ।

एनसेलको अर्बौको करछली काण्डमा वर्तमान सरकारका शीर्ष नेता मुछिएका छन् । उनीहरूले वर्ग संघर्ष छैन भनेतापनि जनताका विरूद्ध उनीहरू स्वयम्ले ठूला ठूला वर्ग संघर्ष गरिरहेका छन, ठूला भ्रष्टाचारको रूपमा, भ्रष्टाचारलाई ढाकछोप गर्ने तरिका अपनाएर, भ्रष्टाचारको विरोध भण्डाफोर गर्नेहरूलाई दमन गरेर, सरकारी कार्यालयहरूमा जनतावाट घुस असुली निरन्तर गरेर, विकास वजेटहरूमा काखा र पाखा गरेर, भएको विकास बजेट पनि खर्च नगरेर, सञ्चार माध्यमलाई नियन्त्रण गर्ने र आतंकित पार्ने कानुन बनाएका छन् ।

तेश्रो शिक्षाः ती देशहरूमा क्रान्ति लगत्तै केही तीव्र विकास गरिएको थियो । तर समय क्रममा जनअपेक्षा अनुसार जनताकोलागि विकास गर्ने गति कम हुन थाल्यो । तर, सत्तामा रहेका नेताहरू र उनको भजनमण्डली तथा मुठ्ठिभर आसेपासेका लागि भने सुख सुविधा वृद्धि हुँदै गयो । सरकारमा रहेकाहरूको तलव सुविधा मजदुर वर्गको बराबर मात्र हुनु पर्दछ भन्ने पेरिस कम्युनको शिक्षालाई अस्वीकार गर्न थालियो । यसले जनतामा ठूलो असन्तोष जन्मायो र नाम मात्र बाँकि रहेको कम्युनिस्ट पार्टी र सरकार विरूद्ध जनताले विविध तरिकाले आन्दोलन गरे । नेपालमा पनि नेताहरू र उनका परिवार, आसेपासे तथा मुठ्ठिभर भजनमण्डलीको तलब सुविधा र सम्पतिमा वृद्धि भएको छ भने अरू वहुसंख्यक जनतामा असन्तोष तीव्ररूपमा बढी रहेको छ । यसको परिणाम नेताहरूले भोग्नुपर्ने हुन्छ ।

चौथो शिक्षाः ती देशहरूका ठूला नेताहरूमा लालसेना, प्रशासन, सत्ता संयन्त्र सबै आफ्नो भएको तथा चुनावमा सधैं आफू जित्ने पक्का भएको घमण्ड थियो । जनता र विपक्षीलाई ती ठूला नेताहरूले निम्छरो ठान्दथे । तर, समयक्रममा निम्छरा भनिएका जनताले उनीहरूको घमण्ड चकनाचूर बनाइदियो । नेपालमा पनि जनता र विपक्षीलाई निम्छरो देख्ने रोग ठूला नेताहरूलाई लागेको छ ।

संक्षेपमा, माक्र्सवादी लेनिनवादी सिद्धान्तको परित्याग, मुखमा कम्युनिस्ट तर व्यवहारमा नवबुर्जुवापथ अंगाल्नु, भ्रष्टाचारमा डुब्नु, नेताहरूको वर्ग परिवर्तन हुनुजस्ता कारणहरूले ती देशका कम्युनिस्ट पार्टीहरू नववुर्जुवा पार्टीमा परिवर्तन भइसकेका थिए । सन् १९८९ देखि १९९१ को विचमा विभिन्न देशमा जनताले ती नाम मात्र कम्युनिस्ट वाँकि रहेका पार्टी र सरकारका विरूद्ध विद्रोहहरू गरे । तर वैकल्पिक क्रान्तिकारी कम्युनिस्ट पार्टीको अभावमा जनताको आन्दोलनको फाइदा अन्य बुर्जुवा पार्टीहरूले नै लिए ।

नेपालमा पनि त्यस्तो स्थिति नआओस् भन्नाका लागि, सकिन्छ भने सत्ताधारी कम्युनिस्ट पार्टी भित्रका इमान्दार कम्युनिस्टहरूले पार्टी र सरकारलाई जनपक्षीय बाटोमा हिँडाउनु पर्दछ । त्यसो सम्भव नभएमा वैकल्पिक क्रान्तिकारी जनपक्षीय पार्टी बनाइ जनतामा स्थापित गरिनु पर्दछ । यदि यी दुवै नभएमा आगामी चुनावमा नेपालमा पनि सोभियत संघ र पूर्वी युरोपमा जस्तै कम्युनिस्ट पार्टी लामो समयसम्म उठ्नै नसक्ने गरी ढल्ने सम्भावना वढ्नेछ । (श्रेष्ठको फेसबुकबाट लिइएको)

प्रतिक्रिया