त्रिभुवन विश्वविद्यालयको गिर्दो साख

त्रिभुवन विश्वविद्यालयले शैक्षिक गुणस्तरमा अब्बल सावित गर्दै अघि बढिरहेको छ । त्रिभुवन विश्वविद्यालयले स्वदेशमा मात्रै नभई विश्वस्तरमा नै आफ्नो पहिचानलाई अगाडी बढाउन सफल हुँदै गइरहेको छ सन् २००४ देखि विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको तह निर्धारण गर्दै आइरहेको बेलायतको टाइम्स हायर एजुकेसन संस्थाले सन् २०१९ का लागि गरेको मूल्यांकनमा त्रि.वि. उत्कृष्ट एक हजार विश्वविद्यालयहरू मध्येको ८०१औं स्थान यस अघि नै प्राप्त गरिसकेको थियो ।

हालै मात्रै वेलायतस्थित द टाईम्स हाइयर एजुकेसनले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयहरूको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालय तीन सयमा २५१आँै स्थानमा सूचीकृत हुन सफल भएको छ । उक्त संस्थाले विश्वविद्यालयमा रहेका कुल शिक्षक, स्नातक, स्नातकोत्तर तहहरूमा अध्ययनरत विद्यार्थी संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्याका आधारमा सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्यांकका आधारमा एसिया क्षेत्रका विभिन्न देशहरूको विश्वविद्यालयहरूको मुल्यांकनका आधारमा त्रिभुवन विश्वविद्यालयले २५१ औ स्थान ओगट्न सफल भएको हो ।

त्रि.वि. ले शैक्षिक क्यालेन्डर अनुसार परीक्षा लिने, परीक्षाफल निकाल्न समेत सकिरहेको छैन भने त्रि.वि.को भौतीक सम्पत्तिहरूको रेकर्ड समेत दुरूस्त राख्न नसकेको आवाजहरू उठिरहेकै छन् । त्रि.वि. का नाममा रहेका जग्गाहरू कुन, कहाँ कस्तो अवस्थामा रहेका छन् तिनको खोजी गरी सत्यतथ्य बाहीर ल्याउनुपर्ने आजको आवश्यकता रहेको छ भने हालै मात्र कर्मचारीहरूको विज्ञापन नं. १८ सम्बन्धमा अख्तियार र राष्ट्रिय सर्तकता केन्द्रमा समेत त्रि.वि.मा कार्यरत पदाधिकारीहरूको आफन्तहरू लिखितमा उत्तीर्ण भएको उजुरीका सम्बन्धमा त्रि.वि.को आधिकारिक जवाफ आउनुपर्दछ

त्रिभुवन विश्वविद्यालयको यो ऐतिहासिक सफलतालाई कम नजरअन्दाज भने गर्न सकिँदैन । वास्तवमा शिक्षा क्षेत्रमा यसरी फड्को मार्नु भनेको देश प्रगतितर्फ उन्मुख हुनु नै हो । देश बिकासको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने तथा हालसम्म नेपालमा उच्च शिक्षा प्रदान गर्ने नेपालमा एघार वटा विश्वविद्यालयहरू, चारवटा प्रतिष्ठान स्थापना भएता पनि उच्चशिक्षामा करिब ८० प्रतिशत भार बोक्ने मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयको स्थापना २०१६ सालमा भएको हो । त्रि.वि.का ५० वटा आंगिक क्याम्पस, १०६३ वटा सम्बन्धन प्राप्त क्याम्पस र ४ वटा अनुसन्धान केन्द्र, ४ वटा संकाय र पाँच वटा अध्ययन संस्थानहरू रहेका छन् । त्रि.वि. ऐन २०४९ बमोजिम नेपाल सरकारले केन्द्रिय विश्वविद्यालयको रूपमा मान्यता प्रदान गरेको संस्था त्रिभुवन विश्वविद्यालयले देशमा आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादनमा अब्बल देखिएको छ ।

शिक्षा क्षेत्रलाई स्वतन्त्र, निष्पक्ष ढंगले अगाडि बढाउँदै जान सकेको खण्डमा त्रि.वि. कुनै दिन एसियाकै एक नम्बरमा नआउला भन्नसकिंदैन् । सिमित श्रोत, साधनका बाबजुद् पनि त्रि.वि.ले शिक्षा क्षेत्रमा कम दगानी गरेर शिक्षित युवा उत्पादन गर्न सक्नु सकारात्मक विषय नै मान्नु पर्दछ । आजको विश्वव्यापीकरणको युगमा विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम प्रतिष्पर्धी उत्पादन गर्ने कार्यमा विश्वविद्यालय लाग्नुपर्ने तड्कारो आवश्यकता रहेको देखिन्छ । त्रि.वि. को यसप्रकारको सफलताले नेपालमा त्रि.वि.को साख गि¥यो, गुणस्तर खस्कियो भन्नेलाई दह्रो जवाफ दिनसमेत सफल भएको छ ।

यस सफलता संगसंगै त्रि.वि. ले शिक्षा क्षेत्रका विकृति, विसंगति त्याग्दै विभिन्न सुधारका उपायहरू अवलम्बन गर्दै अघि बढ्नुपर्ने आवश्यकता र दायीत्व समेत थपीएको छ । त्रि.वि. ले शिक्षाको गुणस्तर, वैज्ञानिकीकरण, गुणस्तरीय र समय सापेक्ष बनाउनका लागि आफ्नो स्पष्ट नीति, कार्यक्रम तर्जुमा गर्दै अघि बढ्नुपर्ने आवश्यकता समेत रहेको छ । त्रि.वि.ले ल्याएको भिजन २०२०–०३० लाई कार्यान्वयन गरी समग्रमा शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्नेतर्फ अग्रसर हुनुपर्दछ । देश संघीयतामा गईसकेको वर्तमान परिस्थितिमा त्रि.वि.ले आफ्नो उपस्थिति सोही बमोजिम अगाडि बढाउनुपर्ने हुन्छ ।

वर्तमान अवस्थामा मुलुकमा बहुविश्वविद्यालयको अवधारणापछि पनि त्रि.वि.ले आफ्नो दायित्व बहन गर्दै आइरहेकै छ । अहिलेको वर्तमान समयमा त्रि.वि. बाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्नु चुनौतीपूर्ण कार्य रहेको हुंदा शिक्षालाई रोजगारीमूलक बनाउनुपर्ने आवश्यकता रहेको छ । नेपालको संविधानले शिक्षा र रोजगारलाई मौलीक हकको रूपमा सुनिश्चितता प्रदान गरेको । अहिलेको अवस्थामा शिक्षा क्षेत्रलाई राजनीतिक चुंगलबाट टाढा राख्दै उच्च शिक्षा क्षेत्रमा वैज्ञानिकीकरण र समयसापेक्ष परिमार्जन गर्दै अघि बढ्नुपर्ने र उत्पादित जनशक्तिलाई रोजगारीको व्यवस्था स्वदेशमै निर्माण गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय सामु चुनौती रहेको छ । त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक उपाधीलाई विश्वका अन्य विश्वविद्यालयहरूले समेत समकक्षता प्रदान गर्दै आईरहेको छ ।

त्रिभुवन विश्वविद्यालय दक्षिण एसियाकै उत्कृष्ट विश्वविद्यालयको रूपमा रहेको छ । त्रिभुवन विश्वविद्यालयले समयानुकुल शिक्षा प्रदान गर्दै समग्रमा देश विकासको लागि आफ्नो दक्षता, सीप प्रस्तुत गर्दै अघि बढिरहेको छ । बर्षेनी त्रि.वि. बाट दिक्षीत हुनेहरूको संख्या बषेर्नी बढ्ढै गइरहेको छ जसले गर्दा त्रि.वि. मा अध्ययन गर्नेहरू झनै बढेका छन् । दिक्षीतहरूले गरेको अध्ययन, अनुसन्धान, खोजले देशमा विकराल समस्याको रूपमा रहेको बेरोजगारी, गरिबी, अन्त्यका लागि नेपालमै महत्वपूर्ण भूमिका खेल्नुपर्ने आजको आवश्यकता रहेको छ । शिक्षा क्षेत्रमा सुधारका लागि इन्जिनियरिङ, शिक्षाशास्त्र, चिकित्साशास्त्र लगायतका संकायहरूमा विद्यार्थीहरूको प्रवेश परीक्षासमेत कम्प्युटर प्रणालीबाट विगत बर्षहरू देखि शुरू गरिसकेको छ ।

त्रि.वि.ले सेमेस्टर प्राणाली स्नातकोत्तर तहमा लागु गरिएकै कारण अब्बल उत्पादन गर्न सक्षम भएको देखिन्छ भने स्नातक तहमा थुप्रै विषयहरू सेमेस्टर कार्यक्रम अन्तर्गत सञ्चालित छन् । त्रि.वि.ले पाठ्यक्रम र पाठ्यसामग्रीमा आवश्यक सुधार गरिरहेको छ । त्रि.वि. ले उच्च शिक्षामा सबैको समान पहुँच पुगोस भन्ने उद्घेश्यका साथ नेपालमा खुला तथा दूर शिक्षा कार्यक्रमलाई महत्वका साथ लागू गरिसकेको छ । त्यस्तै गरी त्रि.वि. ले शैक्षिक क्यालेन्डर निर्माण र प्रयोग गर्ने कार्यलाई व्यवस्थित गरिएको, त्रि.वि. केन्द्रीय परिसरमा आइटी सेन्टरको स्थापना, परीक्षा सम्बन्धी कार्यहरूलाई अनलाइन सेवा प्रवाहको सुरुवात दिक्षान्त समारोहको अनलाइन फाराम भर्ने कार्यबाट सुरू गरिएको, १६० वटा भन्दा बढी विश्वविद्यालयहरूसंग द्घिपक्ष्ीाय सम्झौता गरिएको, डिजीटल कक्षाकोठा, पुस्तकालय, क्रेडिट ट्रान्सफर र डयुअल डिग्री कार्यक्रममार्फत त्रि.वि. लाई विश्वस्तरमा उतार्ने महत्वपूर्ण प्रयास गरिनुका साथसाथै त्रि.वि. मा गुनासा सुन्नका लागि अनलाइनको व्यवस्था, त्रि.वि. का नौवटै डिन कार्यालयहरूलाई सशक्तीकरण गराई अन्तराष्ट्रिय संस्थाहरूसंँग सहकार्य गर्ने, संयुक्त अनुसन्धान, प्रकाशन गर्ने÷गराउने, स्वायत्त स्कुल र विभाग परिचालन गर्ने र उच्च स्तरका शैक्षिक संस्था जो आफैँमा स्वायत्त छन्, त्यस्ता संस्थालाई स्वायत्त संस्थाका रूपमा स्थापना गर्ने महत्वपूर्ण रणनीति बनाउंदै त्रि.वि. लाई शिखरको बाटोतर्फ लाने कार्यलाईै सकारात्मक रूपमै लिनुपर्दछ ।

त्रि.वि. ले आफ्ना आंगिक र सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थीत र पारदर्शी बनाउंदै अघि बढेकै कारण त्रि.वि. मा अध्ययन गर्नेहरूको चाप अझै घट्न सकीरहेको छैन् । यती भन्दैमा त्रिभुवन विश्वविद्यालयभित्र कमी कमजोरी नभएका भने पक्कै होइनन् । त्रिभुवन विश्वविद्यालयभित्र राजनीतिक भागबण्डाका आधारमा नियुक्ति हुने गलत परम्पराका कारण त्रि.वि. का आंगिक क्याम्पसहरू, डीन कार्यालय, अनुसन्धान केन्द्रहरूमा प्राज्ञिकभन्दा पनि झण्डामुनिका पदाधिकारी नियुक्तिले गर्दा अध्ययन, अनुसन्धानमा ध्यान कम गएको सहजै अनुमान लगाउन सकिन्छ । विश्वविद्यालय भित्र राजनीतिक गन्ध भएकैले गदौ त्रि.वि.मा प्राध्यापक, उपप्राध्यापक, कर्मचारीहरूको नियुक्ति, सरूवा, बढुवा समेत राजनीतिक तवरबाट हुने गलत परम्परा बसीसकेको छ भने त्रि.वि आफँैले बनाएको ऐन, नियम, विनियमविपरीत ब्याक इन्ट्री गर्ने परम्परा समेत त्रि.वि.मै रहेको देखिन्छ ।

त्रि.वि.का अधिकांश क्याम्पसहरूमा करार, दैनिक ज्यालादारी शिक्षक तथा कर्मचारी रहेका छन् तिनको त्रि.वि. करार समेत त्रि.वि. ले गर्न सकिरहेको छैन भने क्याम्पसहरूका लागि आवश्यकपर्ने जनशक्तिहरूसमेत पर्याप्त मात्रामा रहेका छैनन् । त्रि.वि. ले शैक्षिक क्यालेन्डरअनुसार परीक्षा लिने, परीक्षाफल निकाल्न समेत सकिरहेको छैन भने त्रि.वि.को भौतिक सम्पत्तिहरूको रेकर्डसमेत दुरूस्त राख्न नसकेको आवाजहरू उठिरहेकै छन् । त्रि.वि. का नाममा रहेका जग्गाहरू कुन, कहाँ कस्तो अवस्थामा रहेका छन् तिनको खोजी गरी सत्यतथ्य बाहीर ल्याउनुपर्ने आजको आवश्यकता रहेको छ भने हालै मात्र कर्मचारीहरूको विज्ञापन नं. १८ सम्बन्धमा अख्तियार र राष्ट्रिय सर्तकता केन्द्रमा समेत त्रि.वि.मा कार्यरत पदाधिकारीहरूको आफन्तहरू लिखितमा उत्तीर्ण भएको उजुरीका सम्बन्धमा त्रि.वि.को आधिकारिक जवाफ आउनुपर्दछ ।

सेवा आयोगले लिएको उक्त परीक्षाका अख्तियारले छानबिन गर्नुपर्दछ र त्रि.वि. ऐन,नियम विपरित गरिएको हो भने तिनलाई निष्पक्ष छानविन गरी हदै सम्मको कानुनी कारबाही गर्नुपर्दछ । आगामी दिनहरूमा त्रि.वि.को परीक्षा, निष्पक्ष, स्वतन्त्र, पारदर्शी बनाउनका लागि लोकसेवा आयोगलाई जिम्मा दिनसकिएको खण्डमा शिक्षक, कर्मचारी नियुक्तिमा देखिएको राजनीतिक गन्ध हटेर जानेमा विश्वास गर्नसकिन्छ । भनसुन र राजनीतक पहुंचकै आधारमा गरिने नियुक्ति बन्द गर्नुपर्ने आवश्यकता रहेको छ । त्रि.वि.का गलत क्रियाकलापलाई प्रश्रय दिई अघि बढ्ने हो भने त्रि.वि.को साख उच्च हुन सक्दैन, त्रि.वि. को विश्स्वसनियतता माथी नै प्रश्न नउठ्ला भन्नसकिँदैन । त्रि.वि.ले प्राप्त गरेको उपलब्धि लाई संस्थागत गर्दै जानका लागि त्रि.वि. सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुनुपर्दछ ।

त्रि.वि.लाई असफल होइन सफलतातिर लानुपर्ने आजको आवश्यकता हो त्यसका लागि सम्पूर्ण प्राध्यापक, शिक्षक, कर्मचारीहरूले त्रि.वि. ऐन, नियम, विनियमअनुसार कार्य गर्दै अघि बढ्नुका साथै गुणस्तरीय र वैज्ञानिक शिक्षा प्रदाान गर्दै अघि बढ्नुपर्दछ । त्रि.वि. को भिजनलाई साकार पार्दै त्रि.वि. को ¥याकिंग नम्बर एकमा पु¥याउन सबै एकजुट भएर अघि बढ्नुपर्दछ । यसका लागि त्रि.वि.मा रहेका विकृति, विसंगतिलाई अन्त्य गर्दै, त्रि.वि.मा रहेका बेथिती, राजनीतिक हस्तक्षेप रोकी योग्यता र क्षमताको कदर गर्दै, प्राज्ञिक वर्गलाई प्रात्साहन दिई त्रि.वि. स्वयं अघि बढ्नुपर्दछ ।

प्रतिक्रिया