चट्याङका कारण चार जिल्ला अन्धकारमा

काभ्रे । मंगलबार अपरान्ह् परेको चट्याङका कारण विद्युतको केन्द्रिय प्रसारण लाईनमा क्षति पुग्दा काभ्रे सहित चार जिल्लामा अन्धकार छाएको छ । काभ्रेको बनेपा १० स्थित जनागालमा चट्याङले ६६ के भि रहेको केन्द्रिय प्रसारण लाईनमा क्षति पुर्याएपछि काभ्रे सँगैको जिल्लाहरू सिन्धुपाल्चोक, रामेछाप र दोलखामा विद्युत प्रवाह हुन सकेको थिएन ।

मंगलबारबाट करिब २० घण्टा चार जिल्लामा अन्धकार छाएको थियो । अहिले मर्मत कार्य सकिएको र विद्युत प्रसारण गराउने प्रयास भईरहेको प्राधिकरणले शाखा काभ्रेले जनाएको छ । शाखाका अनुसार चट्याङले नजिकैको घरमो समेत केही क्षति पुर्याएको थियो ।

प्रतिक्रिया