जल पाइप्स एण्ड फिटिङस नेपालमा

काठमाडौँ । महालक्ष्मी वायर्स एन्ड केबल्सले नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ । शुक्रवार एक कार्यक्रम आयोजना गरेर सो उत्पादन सार्वजनिक गरेको हो । जल पाइप्स एण्ड फिटिङस अरिहान्तग्रुपको विजनेश युनिट हो ।

सार्वजनिकीकरण कार्यक्रममा उपस्थित हुनेहरुमा अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइराला रहेका थिए । ब्राण्ड नाम र टयागलाइन अनाउन्स गरेर मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गरे ।

जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ । जल पाइप्स एण्ड फिटिङसबारे बोल्दै जापान सेकिसुइका अतिथिले भने, ‘जल पाइप्स एण्ड फिटिङस गुणस्तर र विश्वासको सङकेत हो, हाम्रो उदेश्य ग्राहकलाई उच्च गुणस्तर दिने र विश्वास लिने हो ।’

त्यसैगरी जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले जल पाइप्स एण्ड फिटिङस जस्तो ब्राण्डको अंग हुन पाएकोमा खुशी रहेको बताईन् । त्यस्तै कार्यक्रमबारे थप प्रष्ट पार्दै अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले अरिहान्तका धेरै क्षेत्रहरु भएको र आफुहरु पाइप र फिटिङस क्षेत्रमा काम गर्न खोजीरहेको बताए ।

ग्राहकको आवश्यकता र अपेक्षालाई पुरा गर्ने हिसाबले उत्पादन गर्ने र सेवा दिने अरिहान्त समूहको निती नै भएको जैनले बताए । अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ। अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोको रुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट तीमध्ये हुन् ।

प्रतिक्रिया