गुराँस लाइफ र गरिमा बैंकबीच बैंकान्स्योरेन्स

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरूमार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बिमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बिमा योजनासहित १२ वटा जीवन बिमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरूलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु¥याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको जनाएको छ ।

सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंक को तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेको छ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले बैंकको कुनै पनि शाखाबाट यस कम्पनीको जीवन बिमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बिमा बजारमा नौलो र आकर्षक योजनाहरू प्रस्तुत गरेको छ ।

प्रतिक्रिया