हिउँको पहाडको बीचमा ठिंग कागबेनी

जोमसोङै बजारमा बाह्र बजे हावा सरर, एहजुर घर त मेरो पोखरा ।’ एकताका हरेक नेपालीको मुखबाट निस्कने चिर्चित भएको गितको अंश हो । त्यहि गितका शब्द र दृश्यले पनि मान्छेमा मुस्ताङ प्रतिको आकर्षण बढेको थियो । त्यतिले मात्रै मुस्ताङको वर्णन पूरा हुँदैन, त्यो भन्दा अझै माथि छ, मुस्ताङ र त्यहाँका अनेक स्थानहरूको सुन्दर दृश्य ।

हिमालपारिको जिल्लाको उपनाम पाएको मुस्ताङ नेपाली तथा विदेशीहरूको लागि धार्मिक तथा पर्यटकीय रूपमा सुनौलो गन्तव्य हो । नयाँ वर्ष ०७६ को पूर्वसन्धामा त्यही सुनौलो स्थान मुस्ताङ भ्रमणको अवसर जुट्यो ।

मुस्ताको गाउँ र गाउँलाई धेरेका सेताम्य हिउँहरू यति धेरै हेर्न लायक रहेछन् की शब्दमा वर्णन गरेर नै सकिन्न, त्यसो गर्नु यहाँकोभौगोलिक सुन्दरता प्रति अन्याय हुने छ । चाँदी जस्तै टलक्क टल्केको हिउँ अहिले नै चुमाैँ चुमौँ जस्तो लाग्ने । मुस्ताङको प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको कागबेनीमा आफ्ना दिवंगत पितृका नाममा श्राद्ध गर्नेको भिड निकै देखियो । चैत्रको अन्तिमदेखि बढने पर्यटकको चाँपले खचाखच कागबेनी र छङछङ आवाज सहित बगेको कालिगण्डकीको आवाजकम रोमाञ्चित थिएन ।

पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलमा पर्ने मुस्ताङ सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरि र नीलगिरि दुई अग्ला हिमशिखरको विचमा छ । करिब ३००० वर्षभन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिएअनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको जानकाहरू बताउँछन् । कागबेनीलाई चारै तिरबाट धेरेको उजाड मरुभूमिजस्ता पहाडको माथि टल्केका हिउँ कालिगढले निकै समय खर्चेर बनाए जस्तै छन् ।

सँगै यात्रामा रहेका साविक बारा सिमरा गाविसका पूर्व अध्यक्ष भोला अधिकारीले भने, ‘सबै कुरा पैसाले मात्रै हुँदैन हामीले अपेक्षा गरे अनुसारका काम नभएका होलान विज्ञानले पनि चाहे अनुसारको काम नगरेको हुनसक्छ । तर, प्राकृतिक सम्पदामा कसैले चुनौति दिनु सह्य हुँदैन । किन कि कालिगण्डकीको तिरै तिर पहरो खोपेर जसरी प्राकृतिक सुन्दरताले अनुपम स्थान मुस्ताङसम्म आउन सहज बनाइएको छ त्यो सामान्य होइन ।’ आफू त्यहाँ पुगेकोमो खुसी हुँदै उनले भने, ‘निकै समय अघिदेखि यहाँ आउने रहर थियो, यो पटक पूरा भयो, यो स्थान हरेर दृष्टिले एकपटक आउनै पर्ने ठाउँ रहेछ ।’

मुस्ताङको सदरमुकाम जोमसोम हो । ‘जोमसोङै बजारमा बाह्र बजे हावा सरर, एहजुर घर त मेरो पोखरा ।’ एकताका हरेक नेपालीको मुखबाट निस्कने चिर्चित भएको गितको अंश हो । त्यही गीतका शब्द र दृश्यले पनि मान्छेमा मुस्ताङप्रतिको आकर्षण बढेको थियो । त्यतिले मात्रै मुस्ताङको वर्णन पूरा हुँदैन, त्यो भन्दा अझै माथि छ मुस्ताङ र त्यहाँका अनेक स्थानहरूको सुन्दर दृश्य ।

जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन् । जिल्ला अन्नपूर्ण हिम शृंखलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ कम पर्ने रहेछ । यसको करिबकरिब बिच भाग भएर काली गण्डकी नदी बग्दछ । यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भन्ने गरेको स्थानीयले बताए । यस जिल्लाका धेरैजसो बस्ती यही नदीको किनारमा मिलेरका ढुंगाले बनेका करिब करिब एकै नासे घरहरू लोभलाग्दा छन् । जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेषमा पर्दछ र चर्चित पनि छ ।

कागबेनी तिरमा श्राद्ध गर्दैको अवस्थामा अध्यक्ष अधिकारीले भने, ‘हाम्रो संस्कारले कति पय दायित्व आफन्तको निधन भए पछि पनि पूरा गर्नु रहेको छ । आज कागबेनीमा आएर पितृहरूका नामका तर्पण दिन पाउँदा आनन्द लागेको छ । यो हामी नेपालीका लागि प्रसिद्ध धार्मिक स्थल पनि भएकाले यहाँ आउँदा धार्मिक सुन्तुष्टि पाउने, आन्तरिक पर्यकट भएकाले स्थानीय बजारका लागि केही सहयोग हुने र भौगोलिक रूपमा सुन्दर स्थानको अवलोकन गर्न पाइने रहेछ । यो राम्रो अवसर हो सकेसम्म उपयोग गर्न पर्ने रहेछ ।’ उनले प्रफूल्ल मुद्रामा भने ।

कागबेनीमा श्राद्ध गर्न नेपालका विभिन्न भाग र भारतबाट आएका तीर्थालुहरूको भिड थियो । आस्था मान्छेको सबैभन्दा ठूलो कुरा रहेछ । श्राद्ध गराउने गुरु कसैको दुई कुरा सुन्ने फूर्सदमा थिएनन । उनी चिच्याउँदै भक्तजनलाई अह्रयाएको दृश्य रमाइलो थियो, ‘सबैले दुनामा पानी हाल्नु, पितृलाई सम्झदै पूजा गर्नु, गोत्र सम्झदै मम भन्नु’ चारै तिर घुम्दै कराउँथें उनी र भटभटाउँदै पाठ गर्थे ।

बुवा आमालाई तिर्थाटन गराउन लिएर गएका बाराका मधु पौडेलले भने, ‘म पहिला पनि साथीहरूसँग आएको थिए, यो पटक बुवा आमा र श्रीमती लिएर आएको छु । बुवा आमालाई लिएर आउँन पाउँदा निकै खुसी लागेको छ यो मेरा लागि एउटा अवसर पनि हो ।’ बुवा आमाको इच्छा पूरा गराउन पाएकोमा खुसि लागेको उनले बताए । समूहमा आएका उनीहरू जस्तै हजारौं भक्तजना कोही कालिगण्डकीको धमिलो पानीमा स्नान गर्दै गरेको त कोही श्राद्ध गर्दे गरेको दृश्य रमाइलो थियो ।

हिउँको पहाडको बीचमा कालिगण्डकीको तिरमा ठिंग उभिएर रहेको कागबेनीमा श्रद्धालु कुरेर शालिग्रामको व्यापार गर्ने युवायुवती र वृद्ध वृद्धाहरू प्रसस्तै थिए । उनीहरूको लागि यस प्रकारको मान्छेको भिडभाड एक प्रकारको अवसर पनि रहेछ । चैते दशैंका वेला भएकोले पनि श्राद्ध गर्नेहरूको चाप बढेको उनीहरूले बताए ।

प्रतिक्रिया