जुम्ल्याहाको मसिहा बन्दै चरिकोट अस्पताल

दोलखा । भीमेश्वर नगरपालिका–५ घर भएकी २७ वर्षीया रमिला रोक्का आफू गर्भवती भएको थाहा भएपछि सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालमा चेकजाँच गर्न पुगिन् । चेकजाँचको क्रममा जुम्ल्याहा बच्चा रहेको थाहा भएपछि उनी चेकजाँचलाई निरन्तर दिँदै गइन् । सात महिना पुगेपछि एक्कासि आपूmलाइ ब्यथा लागेको रअस्पतालमा भर्ना भई जुम्ल्याहा सन्तान जन्मेको उनी बताउछिन् ।

पहिलो बच्चा सात सय ग्राम र दोस्रो बच्चा १२ सय ग्राम तौलको जन्मेपछि आफूलाई बच्चा नबाँच्ने हो कि भन्ने डर थियो । तर, त्यस्तो केही भएन यदि काठमाडौं लैजानुपरेको भए म कसरी लैजान सक्थेँ, यही अस्पतालमा आउँदा ल्याएको एम्बुलेन्सको पैसा त तिर्न सकेको छैन, आफ्नो सम्पत्ति भन्नु वास बस्ने एउटा कटेरो र दुई वटा बाख्राभन्दा अरू केही छैन न त खेतीपाती गर्ने जग्गा जमिन नै छ न त अरू सम्पत्ति नै छ, भूकम्प गएको यत्रो वर्ष भयो घर बनाउन सकेको छैन, पहिलेको एउटा ६ वर्ष को छोरा र अबका यी दुई जुम्ल्याहा बच्चालाई त्यो कटेरोमा लगेर कसरी हुर्काउनु वर्षाको सिजन लागिसक्यो उनले गुनासो गरिन् ।

उनी भन्छिन्, ‘सानो उमेरमा नै बिहे भयो पढाइ पनि छैन अरूको खेतीपाती कमाएर जीविका चलाउँथे अब त यो सुत्केरो ज्यान छ कसरी जीवन चलाउनु पति भए पनि के गर्नु कमाएको पैसाबाट अलिअलि घरमा दिएपनि बाँकी पैसा जाँडरक्सीमा नै सिध्याउन हुन्छ, परिवार चलाउन अरू कुनै अम्दानीको स्रोत छैन ।’

जग्गा जमिनको नाममा घर बनाउने घडेरीभन्दा अरू छैन आफ्नो नाममा बाबुबाजेले दिएको त्यति हो, अहिले एउटा स्तनबाट मात्रै स्तनपान गराइरहेको छु अर्को स्तनबाट दूध आउँदैन, ल्याक्टोजिन खुवाइरहेको छु, अरू हस्पिटल लानुपरेको भए मेरो र बच्चाको अवस्था के हुन्थ्यो मलाई नि थाहा छैन, अझ यो अस्पतालमा नि शुल्क उपचार गरिने भएका कारण मेरो र बच्चाको अवस्था राम्रो भयो म धेरै खुसी भएको छु, घरमा भएको भए यहाँको जति पनि खान पाउँदिन थिएँ । आजसम्म मलाइ खान बस्न सबै अस्पतालले गरिदिएको छ । ल्याक्टोजिन पनि यहीँको नर्स र डाक्टरहरूले ल्याएर दिने गरेको र आफ्नो आमाबाबुले गर्नेभन्दा धेरै माया पाएको छु । आमाबाबुभन्दा ठूलो यहाँका डाक्टर, नर्स र भगवान्भन्दा ठूलो अस्पताल भएको उनी बताउँछिन् ।

यता हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर बिनोद दंगालले नेपालको तथ्यांकअनुसार सात सय ग्रामको बच्चा बचाउन कठिन रहेको तर यसमा हामी सफल भएको र आजभोलि बच्चाको तौल पनि बढ्दै गएको बताए ।

जुम्ल्याहा बच्चा रहेको थाहाभएपछि समयसमयमा जाँची स्रोत सप्पन्न अस्पतालमा गई प्रसूति गराउनुपर्ने र काठमाडाैंमा आइसियुमा उपचार गर्न २÷३ लाख लाग्ने भएता पनि यहाँ अस्पतालले खानासहित बिरामीको उपचार निःशुल्क गरेको दंगालले बताए ।
अस्पतालमा थप सेवाहरू सञ्चालन गर्न सरोकार निकायले पनि सहयोग गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया